News Portal

  • अस्ताए आइन्स्टाइनपछिका महान बैज्ञानिक स्टेफन हॉकिंग

    इभक्तपुर संवाददाताभक्तपुर, २९ फागुन
    २५३० पटक
    भक्तपुर, २९ फागुन

    विश्व प्रसिद्ध महान बैज्ञानिक स्टेफन हॉकिंगको निधन भएको छ । ७६ बर्षको उमेरमा उनको मृत्यु भएको हो ।
    बेस्टसेलर बुक ‘अ ब्रीफ हिस्ट्री ऑफ टाइम’ का लेखक स्टेफन हॉकिंग कैम्ब्रिज विश्वविद्यालयमा सैद्धांतिक ब्रह्मांड विज्ञान केन्द्र ( सेंटर ऑफ थियोरेटिकल कोस्मोलॉजी) को शोध निर्देशक भएका थिए ।

    महान प्रतिभाका धनी उनलाई अल्बर्ट आइन्सटाइन पछिका भौतिक विज्ञानका ज्ञाता मानिन्छ ।

    हॉकिंग व्हीलचेयरबिना हिड्न सक्दैनथे तर पनि उनको साहस र इच्छाशक्ति एक उदाहरणको रुपमा रहेको छ । डाक्टरहरुले सन् १९६३ मै २ बर्ष बाच्ने उमेर तोकेका हॉकिंगको लामो र अर्थपूर्ण आयु बाचेर देहान्त भएको हो । उनको मृत्युले विज्ञानले एक अभिभावक गुमाएको छ ।

    पछिल्लाे समयका सबैभन्दा महान चिन्तक मानिएका वैज्ञानिक हकिङकाे निधन भएपछि यस क्षेत्रले ठूलाे नाेक्सान पुगेकाे टिप्पणी विश्वभर भइरहेकाे छ । ब्ल्याक होल पत्ता लगाएका महान वैज्ञानिक हकिङ खगोलशास्त्रका चर्चित बैज्ञानिक हुन् । ब्ल्याक होल र सापेक्षतासम्बन्धी सिद्धान्तका प्रसिद्ध हकिङ न्युटन र अल्बर्ट आइन्सटाइनपछिका महान बैज्ञानिक मानिन्छन । उनी अघिका चर्चित वैज्ञानिक अल्बर्ट आइन्सटाइनले ब्याख्या गर्न नसकेका कतिपय भौतिक शास्त्रकाबारेमा हकिङले खाेज गरी ब्याख्या गरेका थिए ।

    वैज्ञानिक हकिङ लामाे समयदेखि अपाङ्ग अवस्थामै अाफ्नाे खाेज तथा अनुसन्धानमा सक्रियता जनाउँदै अाएका थिए । उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथे । ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लगायत थुप्रै पुस्तकका लेखक समेत रहेका उनी क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनकाे किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ । सन् १९८८ मा प्रकाशित भएको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ एक करोडभन्दा बढी प्रति बिक्री भएको थियो।

    ह्वीलचेयरमा हिँडडुल गर्ने हकिङ्ग्स २१ वर्षको उमेरदेखि नसासम्बन्धी मोटर न्यरोन नामक राेगबाट पीडित भएका थिए । दुर्लभ रोग मानिने मोटर न्यरोनको उपचार गरेपछि सन् १९६३ मा चिकित्सकले उनलाई बढीमा २ वर्षमात्र बाँच्ने बताएका थिए । तर उनी अपाङ्ग भएर पनि वैज्ञानिक खाेज अनुसन्धानमा अाजसम्म निकै सक्रिय रहे । उनी ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।

    महान वैज्ञानिक हकिङको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक स्थापित गरे । सन् २०१४ मा हकिन्स पहिलोपटक फेसबुकमा छाए । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए ‘म हमेसा सृष्टिको रचनामाथी केन्द्रित छु । समय एवं अन्तरिक्ष हमेसाका लागि रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।’

    हकिङले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए । उनले अब पृथ्वीकाे अायु १ हजार वर्ष भएकाे पनि बताएका थिए ।

    उनले भनेका थिए, ‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्न योग्य ग्रह पत्ता लगाउनु हो । मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

     हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...