News Portal

  • स्वरोजगार बन्न चाहनेलाई प्रशिक्षण दिदै नेपाल पञ्चाङ्ग निर्णायक समिति

    इभक्तपुर संवाददाताभक्तपुर, १ चैत
    १३६४ पटक
    भक्तपुर, १ चैत

    अध्ययन र प्रशिक्षण बिना कर्मकाण्ड र ज्योतिष पेशा अपनाउनेको सङ्ख्या बढ्न थालेपछि नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रशिक्षण तालिम संचालन गरेको छ । दक्ष ज्योतिषी एवं पण्डित बनाउने उद्देश्यले विगतका वर्षहरूको जस्तै यस वर्ष पनि प्रशिक्षण शुरु गरिएको हो ।

    समाजमा नक्कलीहरुको भीडभाड भएको र उनीहरुले समाजमा भ्रम छर्न खोजेको निष्कर्ष सहित समितिले पेशालाई मर्यादित बनाउन हरेक बर्ष प्रशिक्षण तालिम संचालन गर्दै आएको बताइएको छ ।

    उक्त प्रशिक्षणमा सहभागीलाई समितिका अध्यक्षसमेत रहेका प्रा.डा.रामचन्द्र गौतम, प्रा.श्रीकृष्ण अधिकारी,उप. प्रा. पुरूषोत्तम भट्टराई, प्रा.डा जगमान गुरुङ्ग, डा. खिलनाथ वस्ताकोटी, लगायतले प्रशिक्षण दिने समितिले जनाएको छ । प्रशिक्षणमा कर्मकाण्ड र ज्योतिष पेशा अपनाउन चाहने प्रशिक्षार्थीको सहभागिता रहेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

    शास्त्रीय आधारमा वैदिक कर्मकाण्ड र ज्योतिषलाई बिश्वशनिय र आधिकारिक बनाउन योग्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण शुरू गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव ज्यो.पं. सूर्यप्रसाद ढुङ्गेलले बताए । उनले प्रशिक्षणले प्रशिक्षार्थीमा पेशागत ज्ञान, शीप र मर्यादा कायम हुने दावी गरे ।

    प्रशिक्षक उप प्रा. पुरुषोेत्तम भट्टराईका अनुसार पाठ्यक्रम समाज र प्रशिक्षार्थीको आवश्यत्ता र जिज्ञासालाई मध्यनजर गरेर बनाइने र परिमार्जन गरिने गरिएकोले समय सान्दर्भिक रहेको छ । यो पेशामा स्वरोजगार बन्न चाहने हरुको लागि अवसर समेत भएको उनको जिकिर छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...