News Portal

  • रसुवागढी र साञ्जेनमा ६ गुणा बढी आवेदन

    रमेश लम्साल काठमाडौ, १ चैत
    ७५२ पटक
    काठमाडौ, १ चैत

    रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर ९आइपिओ०मा छ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका अनुसार कूल रु छ अर्ब ६२ करोड आठ लाख बराबरको आवेदन परेको जानकारी दिए । एक लाख ८६ हजार ३२४ जनाले आवेदन गरेको जानकारी प्राप्त भएको प्रमुख कोइरालाले बताए ।

    उनले भने, “केही बैंक तथा वित्तीय संस्थाले अझै विवरण बुझाउन बाँकी रहेको भन्ने जानकारी आएको छ । केही संख्या अझै बढ्न सक्छ ।” कम्पनीले रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि रु एक अर्ब ३३ करोड ४२ लाख हजार बराबरको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर छुट्याइएको थियो ।

    कम्पनीका संस्थापक संस्थाका लागि भने यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने व्यवस्था मिलाइएको छ । कम्पनीको संस्थापक संस्थामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका साविक गाउँ विकास समिति र जिल्ला विकास समितिका कर्मचारीलाई रु २३ करोड ९४ लाख ७३ हजार ५०० बराबरको २३ लाख ९४ हजार ७३५ कित्ता शेयर बिक्री गर्नेछ ।

    रसुवागढीको शेयरमा कोषका करिब आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो । जति संख्यामा आवेदन पर्ने अपेक्षा गरिएको थियो त्योअनुसार सञ्चयकर्ताले भने आवेदन नदिएको बताइएको छ । रसुवागढीको सीमित आइपिओमा सञ्चयकर्तालाई न्यूनतम ५० कित्ता र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

    आयोजनाका प्रमुख कोइरालाले भने सिआश्वा प्रणाली लागू भएका कारण धेरै सञ्चयकर्ताले आवेदन दिन नपाए पनि उल्लेख्य आवेदन परेको जानकारी दिए । रसुवामा आयोजनास्थल रहेको रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट क्षमताको हो ।

    यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु चार अर्ब १७ करोड २२ लाख ५३ बराबरको आवेदन परेको छ । कम्पनीका प्रमुख किरण श्रेष्ठका अनुसार एक लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् । कम्पनीले सञ्चयकर्ताका लागि रु ७१ करोड १७ लाख ५० हजार बराबरको ७१ लाख १७ हजार ५०० कित्ता शेयर छुट्याएको थियो । सञ्चयकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ३०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

    कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीको शेयरमा सात लाख २९ हजार ७६१ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो ।

    कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई रु १२ करोड ७७ लाख ५० हजार बराबरको शेयर छुट्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए । संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म शेयरमा आवेदन दिन सक्ने छन् । उनीहरुका लागि रु ३ करोड ६५ लाख बराबरको शेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । दुवै कम्पनी चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी हुन् ।

    हालसम्म माथिल्लो साञ्जेनको ६८ प्रतिशत र साञ्जेनको ५८ प्रतिशत काम सकिएको छ । माथिल्लो साञ्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । यस्तै रसुवागढी जलविद्युत् आयोजना सन् २०१८ को डिसेम्बरमा निर्माण सक्ने लक्ष्य राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...