News Portal

  • बिप्लव पार्टीले माग्यो प्रचण्ड पुत्रीको राजीनामा , अटेर गरे कारवाहीको चेतावनी

    इभक्तपुर संवाददाताचितवन, ३ चैत
    ७८२ पटक
    चितवन, ३ चैत

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ ।

    नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।

    राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने नेकपाको चेतावनी छ । जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेल आफैले पत्रमा हस्ताक्षर गरेर शुक्रबार मेयर दाहाललाई पठाएका हुन् ।

    ‘सरकारले लोकतन्त्रको नाममा फाँसिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरूको तीव्रता बढीरहेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह छ’, पत्रमा भनिएको छ ।

    नेकपा श्रोतले भने माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड वा मेयर रेणुसंग रीस राग राखेर पत्र नपठाएको जानकारी गराएको छ । सबैलाई पत्राचार गर्ने क्रममा उनीपनि परेको नेकपाका एक नेताले बताए ।

    ”नेकपाले देशैभरिका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा माग गर्दै आएको छ । सोहि क्रममा भरतपुरकी मेयर दाहाललाई पनि राजीनामा दिन भनेको हो ।” उनले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...