News Portal

  • महन्थ नमानेपछि उपराष्ट्रपति पद पुन: पुनको पोल्टामा

    इभक्तपुर संवाददाता
    ७८५ पटक

    प्रधानमन्त्री केपी ओलीले राजपाका सर्वमान्य नेता महन्थ ठाकुरलाई गरेको उपराष्ट्रपतिको अफर उनले अस्वीकार गरेपछि अन्तत : उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिएका छन । आज उपराष्ट्रपतिमा पुनको मात्र उम्मेद्वारी परेपछि उनी निर्वाचित भएका हुन् ।

    वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले आज जनाएको छ ।
    उपराष्ट्रपति पुनले आज अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए ।

    यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ थिए ।

    पुनको बिपक्षमा नेपाली काँग्रेसले उम्मेदवार नउठाएपछि उनी निर्विरोध निर्वाचित बनेका छन । यद्यपी यसको घोषणा भने आइतवार  गरिने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...