सर्लाहीमा एक नक्कली परीक्षार्थी समातिएका छन । दिदीको सट्टामा एसईई परीक्षा दिने भाइ समातिएका हुन् ।
इश्वरपुर नगरपालिका-९ का उमेश साह तेली आफ्नो दिदी पिङ्कीकुमारीको परीक्षा दिदादिदै पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । ईश्वरपुर नगरपालिका–६ स्थित नारायण माबि केशरगंज केन्द्रमा सि.नं. ०२२३३४० जेड नम्बरको परीक्षार्थी पिङ्कीकुमारी साह तेलीको नाममा एसईई परीक्षा दिइरहेको अवस्थामा उमेशलाई प्रहरीले पक्रेको हो ।
प्रहरीले नक्कली परीक्षार्थी माथि थप अनुसन्धान भैरहेको जानकारी गराएको छ ।