News Portal

  • माअाेबादी केन्द्रका प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

    काठमाडौं, ११ चैत
    १२३० पटक
    काठमाडौं, ११ चैत

    माओवादी केन्द्रको शनिबार बसेको पुर्व हेडक्वार्टर बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

    यसअघि इन्जार्च रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो ।

    प्रदेश ३ का ईन्चार्ज हितमान शाक्य र ७ का इच्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत राखिएको छ ।

    प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का बर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्ती बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् ।
    प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारवाही गरिएपछि पद रिक्त थियो ।

    क-कसले पाए इन्चार्जको जिम्मेवारी ?

    बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुरेन्द्रबहादुर कार्की (राम कार्की)लाई दिएको छ ।

    २ मा विश्वनाथ साह, ४ मा हितारजा पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई ईन्चार्जको जिम्मेवारी दिईएको छ ।

    प्रदेश ३ मा शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिईएको छ ।

    प्रतिकृया दिनुहोस्

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...

    आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा स्थापनाको २८ वर्ष पुगेको छ । २८ वर्ष अघि...

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प गएको छ । मंगलबार बिहान ६:५०  बजेको समयमा ठूलो धक्क्का...

    ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको...