News Portal

  • मल्लको नेतृत्वमा टेलिभिजन पत्रकारहरु संगठित

    इभक्तपुर संवाददाताभक्तपुर, १२ चैत
    ७०५ पटक
    भक्तपुर, १२ चैत

    टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संघ, नेपाल गठन गरिएको छ ।

    राजधानीमा आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा १७ सदस्यीय कमिटि चयन गरेको छ । भेलाले संगठनको उपाध्यक्षमा सहदेव थापा, सचिव सर्वजित झा, सहसचिव दिपेन भट्ट, कोषाध्यक्ष रेखा शाहीलार्इ चयन गरेको छ ।

    प्रथम भेलामा बोल्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले नेपालका मिडियाले पत्रकारिताको वास्तविक सैद्धान्तिक धर्मअनुसार समाज परिवर्तनका पक्षमा अभियान चलाउनुपर्ने बताए । जुन समाजमा राम्रो पत्रकारिताको विकास हुन्छ, त्यो समाजमा जनता सचेत, जागरुक र बलिया हुने बताउँदै जनता बलियो भयो भने मात्र शासकीय मनोमानीलाई रोक्न सकिने बताए । सधै परिवर्तन र आम सर्वसाधारण कमजोर जनताको आवाज बोक्ने मिडियाले यो वास्तविक भूमिका भुलेर विज्ञापनकारिता र बोल्न सक्ने बलियाहरुको मात्र आवाज बनिरहेको अध्यक्ष चलाउनेको भनाइ थियो ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय विभागका सचिव विकल्प, क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष दिपेन्द्र रावल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य बाबुराम भुषाल, काठमाडौ जिल्ला सचिव सुरज प्याकुरेल लगायतले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...