News Portal

  • शिक्षासम्बन्धी मौलिक हक कागजमा सीमित हुँदैन, पाँच महिना पर्खनुस : मन्त्री पोखरेल

    इभक्तपुर संवाददाताभक्तपुर, १२ चैत
    १६२९ पटक
    भक्तपुर, १२ चैत

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नागरिकका शिक्षासम्बन्धी हक कागजमा सीमित नहुने दावी गरेका छन । संविधानमा मौलिक हकको रुपमा रहेको शिक्षासम्बन्धी हक व्यवहारमै लागू हुने उनले दावी गरेका हुन् ।
    अखिल क्रान्तिकारीले सानोठिमीमा आफ्ना बिद्यार्थी नेताहरुको लागि आयोजना गरेको एक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले पाँच महिनाभित्र नागरिकले शिक्षासम्बन्धी मौलिक हकको प्रत्याभूति पाउने प्रतिबध्दता प्रकट गरे ।
    ”संविधानमा मौलिक हकको रुपमा रहेको शिक्षासम्बन्धी हक देखाउनका लागि होइन , व्यवहारमा लैजानको निम्ति हो । पाँच महिनाभित्र शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन निर्माणको काम गरिसक्ने प्रतिबद्धता व्यक्त गर्दछु । ” उनले भने ।

    मन्त्री पोखरेलले आफुले पंचायतकालीन शिक्षा ऐनलाई संसोधन गर्दै समाजबाद उन्मुख बनाएको स्मरण गर्दै अवको आफ्नो अर्जुन दृष्टि शिक्षाबाट सम्वृद्धि तर्फको हुने जिकिर गरे । शिक्षा जागिर खाने मापदण्डको रुपमा मात्र नभएर बिकाश र समृद्धिको श्रोत भएको भन्दै पोखरेलले शिक्षालाई राष्ट्र निर्माण को साधन बनाउने बताए ।
    “जागिरलाई केन्द्रमा राखेर अब शिक्षा नीति नियमसमेत बन्दैन । शिक्षालाई जागिरे मानसिकताबाट टाढा राखेर गरिखान सक्ने शिक्षाको व्यवस्था गरिन्छ ।”, उनले भने ।

    शिक्षक संगठनमाथि आक्रामक भएका मन्त्री पोखरेलले राजनीतिक पार्टी पिच्छेका शिक्षक संगठन खारेज गर्नुपर्ने धारणा समेत राखेका छन । शिक्षक महासंघमार्फत शिक्षकको पेशागत हक अधिकार सुनिश्चित हुनसक्ने भन्दै पोखरेलले नेता बन्ने उदेश्य भए शिक्षक पद छोड्नुपर्ने जिकिरसमेत गरे ।

    बिद्यार्थीहरु देशको भविश्य भएको भन्दै मन्त्री पोखरेलले देशलाई समाजबाद तर्फ डोहोर्याउन अगुवाई गर्न आह्वान समेत गरे । कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले समाजवादी शिक्षाको आधार खडा गर्नुपर्ने भन्दै समाजबाद आफुहरुको सपना भएको र यस्कोलागि जस्तोसुकै योगदान गर्न समेत तयार रहेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...