News Portal

  • शिक्षकबाटै सिक्दै बिद्यार्थी, दुवै आमरण अनसनमा : अन्योलमा अस्थायी शिक्षकको परीक्षा

    इभक्तपुर संवाददाताकाठमाडौं, १२ चैत
    ९९५ पटक
    काठमाडौं, १२ चैत

    अस्थायी शिक्षकको समस्या समाधानका सवालमा अस्थायी शिक्षक र बिद्यार्थीहरु नदीका दुइ किनारा जस्तै देखिएका छन । शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन हुनुपर्ने भन्दै भद्रकालीमा अस्थायी शिक्षकहरु आमरण अनसन बसेका छन भने त्यसको ठिक बिपरित शतप्रतिशत दरवन्दीमा खुला विज्ञापन हुनुपर्ने भन्दै बिद्यार्थीहरुले पनि आमरण अनसनकै बाटो रोजेका छन ।

    असोज ३ गते शिक्षा ऐनको नवौं संशोधनमार्फत अस्थायी शिक्षकको लागि ७५ प्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन गर्ने व्यवस्था गरिएको छ । त्यसको लागि चैत २३ मा परीक्षा समेत तोकिसकिएको छ । अस्थायी शिक्षकहरु यसबाट पनि सन्तुष्ट भने छैनन् । शत प्रतिशत नै आन्तरिक बिज्ञापन हुनुअर्ने माग गर्दै उनीहरु भद्रकालीमा आमरण अनसनमा रहेका छन ।

    यता बिद्यार्थीहरु शुरु बाटै सरकारको रवैयाप्रति आक्रोसित रहदै आएका छन । उनीहरुले स्व स्फुर्त रुपमा बिद्यार्थी संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन । अस्थायी शिक्षकलाई मात्र परिक्षामा सहभागी गराएर जागिर जोगाइदिने खेल भएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । यसबाट राज्यले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने उनीहरुको आरोप रहेको छ भने शिक्षण पेशामा आउन शिक्षा शास्त्र अध्ययन गरेर बसेका ७ लाख बिद्यार्थीहरु माथि अन्याय हुने उनीहरुको ठहर छ ।

    अस्थायी शिक्षकको जागिर जोगाइदिने सॊचसहित भएको विज्ञापनको खारेजी हुनुपर्ने र सबै पदमा खुला प्रतिष्पर्धाको आधारमा बिज्ञापन गरिनुपर्ने माग सहित बिद्यार्थी संघर्ष समितिले माइतीघरमा आजबाट आमरण अनसन शुरु भएको घोषणा गरेको छ । त्रिभुवन विश्वविद्यालयमा शिक्षा संकाय अध्ययनरत विद्यार्थीहरु मोरङका राजन लम्साल, भोजपुरका मिलन बास्तोला, बाजुराका हेमराज थापा, महेन्द्ररत्न क्याम्पस ताहचलमा अध्ययनरत हुम्लाका शुशान्त बोहोरा र रामेछापका रामचन्द्र कार्की अनसनमा बसेको बिद्यार्थी संघर्ष समितिका संयोजक पुस्कर शर्माले अवगत गराएका छन ।

    संयोजक शर्माले असोज ३ गते भएको शिक्षा ऐनको नवौं संशोधनको खारेजी र चैत २३ मा तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित नभएसम्म आफूहरुको आन्दोलन नरोकिने समेत बताएका छन ।

    शिक्षकले जे सिकाए बिद्यार्थी पनि त्यहि गर्दैछन् । यतिबेला दुवै पक्ष आमरण अनसनमा छन् र यी दुइको आन्दोलनको एउटा मिलन बिन्दु चाँहि चैत २३ को परीक्षा रोक्नेमा मेल खान्छ । यस अघि पनि पटक पटक सरिरहेको यो परीक्षा यस पटक पनि नसर्ला भन्न सकिन्न ।
    शिक्षक भर्सेस बिद्यार्थीको यो आमरण अनसनले ल्याउने नतिजा शिक्षाप्रेमीहरुले नजिकबाट नियालिरहेका छन । यसमा सरकारको कस्तो भूमिका रहन्छ , प्रतीक्षाको बिषय बनेको छ ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...