चार छोरा जन्माएकी एक आमाले वैदेशिक राजगारीमा गएका आफ्ना ३ छोरा गुमाएकी छिन् ।
पैसा कमाएर परिवारको दुख हरण गर्ने सपना बोकेर मलेसिया गएका उनका कान्छा छोरा लाई समेत निस्ठुरी दैवले दया नदेखाएपछि पुत्र बियोगको पीडा भोग्न उनी बाध्य बनेकी छिन् ।
उनका कान्छा छोरा म्याग्दीका ३४ बर्षिय धर्मलाल रोकाको वैदेशिक रोजगारको सिलशिलामा मलेसियामा मृत्यु भएको हो । उनको शव बुधवार नेपाल पठाइएको राम नेपालले जानकारी गराएका छन् ।
राम नेपालले जनाए अनुसार मृतक म्याग्दीका रोकाका जेठा दाइको यस अघि नै मलेसियामा मृत्यु भएको थियो भने माइला दाइले कतारमा ज्यान गुमाएका थिए ।