News Portal

  • तीन नम्बर प्रदेशले माग्यो जनस्तरमा सुझाव, यसरी दिनुस् सुझाव

    इभक्तपुर संवाददाताहेटौँडा, चैत १६
    ८४३ पटक
    हेटौँडा, चैत १६

    प्रदेश नंबर ३ सरकारले प्रदेश विकासको लागि बनाउने नीति तथा कार्यक्रममा जनताको सहभागिता रहनुपर्ने भन्दै नयाँ कदमको सुरुवात गरेको छ ।
    सरकारको नजरमा नपरेको विषयहरु जनताको नजरमा हुने भन्दै सरकारले सार्वजनि सूचना जारी गर्दै आम नागरिकसँग नीति तथा कार्यक्रम तर्जुमाको लागि सुझाव माग गरेको छ ।

    जनताको सरकार भएको कारण हरेक काममा जनसहभागिता हुनुपर्ने भन्दै सरकारले नेपालको इतिहाँसमानै पहिलो पटक जनतासँग सुझाव माग गरेको हो । नीति तथा कार्यक्रममा सबै समुदायको भावना रहनुपर्ने, हरेक क्षेत्रको विकास समावेश हुनुपर्ने भन्दै सरकारले यस्तो कमद चालेको मुख्यमन्त्रीका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए ।

    प्रदेश सरकारले बुद्धिजिवी, किसान, ब्यवसायी, मजदुर, पेशाविध, अनुसन्धानदाता, वालवालिका, युवा, महिला , जेष्ठ नागरिक, सहिद परिवार, अपांगता भएक ब्यक्तिको जीवनस्तरमा सुधार ल्याउने खालको योजना, नीति तथा कार्यक्रमहरु भएका सुझाव दिनको लागि आग्रह गरेको हो ।

    विकास र समृद्धिको नारालाई मुख्य नारा बनाउँदै अघि बढने तयारी गरेको सरकारको यो कदमले सरकार जनतासँगै रहेको आभाष हुने बताइएको छ । मुख्यमन्त्री भएपछिको हरेक भाषणमा मुख्यमन्त्री डोरमणी पौडेलल विकास र समृद्धि आफ्नो मुल उदेश्य रहेको र जनसहभागितामा आधारित विकासनै प्राथमिकतामा पर्ने बताउँदै आएका थिए ।

    मुख्यमन्त्री पौडेल र प्रदेश नंबर ३ सरकारको यो कदमले नेपालको राजनीतिमा नयाँ आयम दिने संभावना समेत रहेको छ । नेपालमा नीति निर्माणको तहमा जनसहभागिता नहुँदा ब्यवहारिक योजना निर्माण नहुने समस्या रहेको जनगुनासो रहेको अवस्थामा प्रदेश सरकारले गरेको यो काम प्रशंशनीय हुने अपेक्षा पनि सरकारले गरेको छ । यसको लागि सरकाले [email protected] मा आफ्ना सुझावहरु पठाउन आग्रह समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...