News Portal

  • पर्सामा आक्रमणमा पर्दा ५ प्रहरी घाइते

    इभक्तपुर संवाददातावीरगंज, १७ चैत
    १२३६ पटक
    वीरगंज, १७ चैत

    पर्सामा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको छ । केहि व्यक्तिहरु डकैती गरेर लुकेर बसेको सूचनाका आधारमा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, नवीन पाल र ऋतुराम सोनार घाइते भएको जनाएको छ । घाइते प्रहरीको ठेगाना र दर्जा भने खुलाइएको छैन ।

    प्रहरीका अनुसार, आक्रमणमा परी सामान्य घाइते भएका प्रहरीहरु नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्केका छन् ।
    पर्साको कालिकामाई गाउँपालिका–१ को गाँजा मुद्दाका फरार अभियुक्त महुवनमा रहेको सूचना पाएपछि प्रहरी चौकी महुवन र जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्यहाँ पुगेको थियो ।

    फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा १०–१५ जनाको समूहमा आएका मानिसहरुले प्रहरीको गाडी रोकेर हँसिया, लाठीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।

    झडपपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।

    फरार अभियुक्त भारतमा डकैती र हत्यामा संलग्न व्यक्ति रहेको दावी प्रहरीको छ । स्थानीयको प्रतिकार पछि अभियुक्त भाग्न सफल भएका छन् । प्रहरी टोलीमाथि नै आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...

    खुल्न नपाई विपि राजमार्ग पुनः अवरुद्ध, यात्रा नगर्न अनुरोध

    विपिराजमार्ग पुनः अवरुद्ध भएको छ । काभ्रेको रोशी-११ पिप्लेस्थित वि.पि.राजमार्गमा माथिबाट सुख्खा पहिरो आएकोले बाटो...

    सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सहायता फाउन्डेसन जस्ता संस्थाका कारण सामाजमा सेवाभाव जिउँदो रहेको बताएका...

    नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयक कार्यपत्र प्रस्तुत

    नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ । संस्कृतिविद्...

    सांसद दुर्लभ थापाले दिए बाढी पहिरो पिडितलाई राहत सामाग्री

    rahat bitaran

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका छन् । उनले...