News Portal

  • गोलीले उडाइदिने धम्कि दिदै मेयर प्रसाई र सांसद सिंहसंग रकम असुल्न खोज्ने युवक समातिए

    प्रेमनाथ पौडेल सर्लाही, २१ चैत
    १२५९ पटक
    सर्लाही, २१ चैत

    सर्लाहीका एक बिधायक र मेयर लाई धम्की दिदै रकम माग गर्ने एक युबक पक्राउ परेका छन । उनलाई सर्लाही प्रहरीले पक्राउ गरि सार्बजनिक गरेको छ ।

    पक्राउ पर्नेमा रौतहट जिल्ला देबही गोनाही गाउपालिका वाड नम्बर ६ बस्ने नन्दलाल बैठाका २६ बर्षिय छोरा प्रमोद बैठा रहेको प्रहरीले बताएको छ । बैठालाई प्रहरीले सर्लाहीको मलङ्वा नगरपालिका – ८ बाट पक्राउ गरि सार्बजनिक गरेको हो ।

    बैठाले सर्लाही हरिवन नगरपालिका मेयर गणेश प्रसाई तथा क्षेत्र नम्बर ४’क’ का प्रदेश सभा सद्स्य बिरेन्द्र प्रसाद सिंहसंग जनही २५ लाख रकम माग गर्दै धम्क्याउने गरेको प्रहरीले जानकारी गराएको छ ।
    बैठाले मेयर प्रसाई र सांसद सिंहलाई बारम्बार फोन गरि आफु जनतान्त्रिक मुक्ती मोर्चा गोईत समुहको मान्छे भएको भन्दै रकम माग गर्ने गरेको र नदिए अपहरण गर्ने तथा ज्यान मार्ने धम्की दिदै आएको पिडितले इभक्तपुरसंग भने ।
    आफुलाई बैठाले टेलिफोन र मोबाईलबाट बारम्बार फोन गरि २५ लाख फिरैती रकम मागेको र दिन्न भन्दा तलाई गोलिले उडाइ दिन्छु भनेर धम्की दिएको मेयर प्रसाईले बताए ।

    त्यस्तै बैठाको समुहले गत फागुन १२ गते राती करिब १ बजेको समयमा सर्लाहीका एक ठेकदार सुरेन्द्र सिंहको ना१क ६६३५ नम्बरको टिपरमा काम गर्ने खलासी १८ बर्षका हरिवन -११ घर भएका महाबिर तामाङ्ग लाई गोलि हानी घाईते बनाएको प्रहरीले पत्रकार सम्मेलन मा जानकारी गराएको छ ।

    बैठा माथि ज्यान मार्ने उधोग तथा अपहरणमा मुदा दर्ता भै अनुसन्धान अगाढी बढाईएको र उनलाई जिल्ला अदालतले पुर्पक्षमा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवम डिएसपि राजेश थापा ले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...