News Portal

  • सिन्डिकेट समर्थकहरु ब्याक् हुन बाध्य,काठमाडौ–भक्तपुर -बनेपा–पनौती रुटका सबै बस संचालन

    इभक्तपुर संवाददाताभक्तपुर, २२ चैत
    १४०९ पटक
    भक्तपुर, २२ चैत

    ‘सिन्डिकेट’का समर्थक यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका छन । यातायात बन्द गरेर आन्दोलनमा उत्रदा समेत सरकारले टसको मस नगरी उल्टै कारवाहीको चेतावनी दिएपछि आन्दोलनकारीहरु पछि हटेका हुन् ।

    मयुर यातायातको बसलाई रोक्न कोटेश्वर पूर्वका १२ यातायात व्यवसायी समितिले आइतवारबाट संयुक्त आन्दोलन गरेका थिए । उनीहरुले बुधवार दिनभर बस नचलाउदा जनजीवन असहज बनेको थियो । तर यातायात व्यवस्था विभागले सोही दिन थप नयाँ आठवटा समितिलाई अस्थायी इजाजत दिएपछि अलमलमा परेका आन्दोलनकारी व्यवसायी आफ्नो मागबाट ब्याक हुन् बाध्य भए ।

    उनीहरुले बिहीबार यातायातमा अवरोध गरेका छैनन् । आन्दोलनमा उत्रेका व्यवसायीहरुको बस आज निर्वाधरुपमा चलेका छन । काठमाडौ–भक्तपुर – बनेपा–पनौती रुटमा यतिबेला यात्रीले सहजपूर्वक यात्रा गरिरहेका छन ।

    सरकारको निर्णय नमान्नेको रुट परमिट खारेज गर्ने यातायात व्यवस्था विभागले चेतावनी दिएपछि व्यवसायी पछि हटेका र आज कोटेश्वर पूर्वका बस यथावतरुपमा संचालनमा आएका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...