News Portal

  • व्यापारीकरणको नमूना बन्दै बृहस्पति बिद्या सदन : अभिभावकलाई सास्ती,सरोकारवाला सुतेकोसुत्यै

    इभक्तपुर संवाददाताकाठमाडौं, २२ चैत
    ३०५६ पटक
    काठमाडौं, २२ चैत

    आफ्ना सन्तानलाई वृहस्पती विद्या सदन स्कूलमा पढाइरहेका अथवा पढाउन चाहना भएका अभिभावकहरूले अग्रिम रूपमा शुल्क बुझाउनु पर्ने भएको छ । अग्रिम भुक्तानी गर्न नसक्ने अभिभावकका बालबालिका उक्त बिद्यालयमा पढ्नबाट बन्चित हुने भएका छन् ।

    वृहस्पती विद्या सदनले बोर्डको निर्णय भन्दै आर्थिक भार लादेको एक अभिभावकले इभक्तपुरसंग गुनासो गरेका छन । मासिक ३३ हजार देखि ३९ हजार अग्रिम रकम बुझाउन पैसाको बन्दोबस्त गर्न नसक्ने अभिभावकहरू विद्यालयको उक्त निर्णयबाट तनावमा परेका छन् ।

    काठमाडाैं महानगरपालिका-५ को टङ्गालस्थित वृहस्पती विद्या सदनमा विशाल ग्रुपले नयाँ व्यवस्थापनको जिम्मा लिएपछि अहिले विद्यालय परिसरमा नयाँ नयाँ भवन लगायतका भौतिक संरचनाहरू निर्माण भैरहेका छन् । तिनको निर्माण कार्य सम्पन्न गर्न भन्दै विद्यालय व्यवस्थापन समितिले अभिवावकहरूसँग दुई महिनाको अग्रीम शुल्क उठाउने निर्णय गरेको बताइएको छ ।

    अग्रिम शुल्क उठाउन थालेपछि कतिपय अभिभावकहरू पैसा जुटाउन नसकेर हैरान परेका छन् । के.जी देखि दश कक्षासम्मका विद्यार्थीहरूबाट यसरी अग्रीम शुल्क उठाउँदा महिनाको ७० लाख देखि ८० लाख रुपैयाँ उठ्छ । शिक्षामा व्यापारीकरणको बृहस्पति एक नमुना बनेको भन्दै शिक्षाप्रेमीहरुसमेत असन्तुष्ट बनेका छन् ।

    नियम विपरित अभिभावकहरूबाट यसरी जबर्जस्ती पैसा उठाउँदा जिम्मेवार निकाय भने मौन छ । मासिक रूपमा लिइँदै आएको शुल्कमा पनि भारी वृद्धि गरिएको छ । एउटा शिशुलाई के.जीमा पढाउन महिनाको रु.१३ हजार ३ सय रुपैयाँ तिर्नु पर्छ । न्यून मासिक आम्दानी हुने अभिभावकले अहिले आफ्नो र परिवारको गाँस काटेर जेनतेन आफ्ना सन्तानलाई विद्यालयमा पढाइरहेका छन् । अग्रिम शूल्क लिने विद्यालयको यस्तो निर्णयले त्यस्ता अभिभावक विशेष मारमा परेका छन् ।

    आफुले फी तिर्न नसक्ने कुरा थाँहा दिएर आफ्ना नानीबाबुलाई मनोबैज्ञानिक रुपमा कमजोर बनाउन नसक्ने भन्दै अभिभावकहरु बृहस्पतिमा बच्चा पढाउनु आफूहरुको रहर नभई बाध्यता रहेको बताउछन् । बृहस्पती विद्या सदनमा पढ्ने केटाकेटीहरूका अभिभावकले काम गर्ने कार्यालयहरूले विद्यालयलाई तिर्नकै निमित्त भनेर अग्रीम दुई महिनाको तलबको व्यवस्था सम्बन्धित निकायले मिलाइदिनुपर्ने अन्यथा अभिभावकलाई मार पर्ने यस्ता असङ्गत निर्णय गरी शिक्षाका नाममा लुट्ने प्रवृत्तिमा लगाम लगाउनु पर्ने अभिभावकहरूले माग गरेका छन् ।

    सरकारी स्वामित्वको बाल मन्दिर परिसरलाई लिजमा सस्तोमा भाडा लिएर विशाल ग्रुपले वृहस्पती विद्या सदन सञ्चालन गर्दै आएको छ । यस तर्फ स्थानीय निकाय, शिक्षा कार्यालय, अभिभावक संघ, विद्यार्थी संघ लगायतका सम्बन्धित निकायको ध्यान जान सकेको छैन । राम्रा भनेर कहलिएका विद्यालयहरूमा पैसावालहरूले मात्र पढाउन पाउने प्रवृत्तिको अन्त्य गर्न र सामथ्र्य हुने नहुने सबैको गुणस्तरीय शिक्षामा पहुँच पु¥याउनका लागि मंत्रालय, स्थानीय सरकार लगायत सवै सरोकारवालाहरूको यथाशिघ्र ध्यानाकर्षण हुनु आवश्यक रहेको देखिन्छ । मनोमानीसँग अग्रीम रूपमा चर्को शुल्क असुल्ने वृहस्पती विद्या सदन जस्ता विद्यालयको छानवीन गरी अभिभावकहरूमा पर्न गएको मर्का र समस्या समाधान गर्न सरोकारवाला निकायले यथाशिघ्र ध्यान देओस् भन्ने अनुरोध अभिभावकहरूले गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...