News Portal

  • प्रेम बिबाहको जिद्दी गर्ने छोरीको ज्यान लिने यादव जेल चलान

    इभक्तपुर संवाददातामहेन्द्रनगर, २३ चैत
    ८४२ पटक
    महेन्द्रनगर, २३ चैत

    आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

    आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका धनुषा शहीदनगर नगरपालिका–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

    त्यस्तै स्नेहाको शव जलाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका अर्का विदेह नगरपालिका गिद्धाबेलापट्टिका ४६ वर्षीय राधेश्याम यादवलाई पनि पुर्पक्षका लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौँस्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत् स्नेहाले आफूले रोजेको केटासँग बिहे गर्ने जिद्दी गरेका कारण बाबु दिलीपले फागुन ८ मा उनलाई जनकपुर ल्याई कुटपिट गरेर हत्या गरी शव जलाएको बुझिएको छ ।

    काठमाडौँको एक युवकसँग प्रेम गरिरहेको थाहा पाएपछि प्रतिष्ठा बचाउने नाममा बुबा दिलीपले आक्रोशमा छोरीलाई काठमाडौँबाट बोलाई जनकपुर उपमहानगरपालिका–२ वकिल टोलस्थित रहेको डेरामा चरम यातना दिई हत्या गरेको प्रहरीले जनाएको छ ।

    सो घटना फागुन ८ गते साँझ भए पनि स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार अनुसन्धान गर्दै जाँदा हत्या नै भएको तथ्य फेला पर्न थालेपछि फरार अभियुक्त बाबु दिलीपलाई गत फागुन २६ गते पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

    फागुन ८ गते राति छोरीलाई कुटपिट गर्ने क्रममा स्नेहाको हत्या भएको बुझिन आएको छ । त्यसको अर्को दिन छोरीको शव घरमै राखेर साँझपख आफ्ना केही साथीहरुको सहयोगमा एम्बुलेन्स बोलाएर छोरी बिरामी भएको भन्दै उपचारका लागि भारतको दरभंगा लग्न लगेको भनी हिँडेका थिए ।

    एम्बुलेन्स चालकका अनुसार आफूलाई मृत छोरीको अन्त्येष्टि गर्न गाउँ लग्न लागेको भनी दिलीपले भनेपछि पहिला सामान्य रुपमा हिँडेको थिए । तर तिनकौरिया चोकमा पुगेर दिलीप र उनका साथीहरु खाजा खाने भन्दै रक्सी पसलमा पसेपछि आफूलाई शंका लागेको एम्बुलेन्स चालकले प्रहरीलाई बयानमा बताएका छन् ।

    शव जलाइएको स्थानसम्म दिलीपले एम्बुलेन्स लगेका थिएनन् उनले चालकलाई गाउँको मुखमै रोकेर त्यहाँबाट शवलाई काँधमा बोकेर शहीदनगर नगरपालिका–७ नेमुवाटोलस्थित नहर छेउमा जलाएका थिए । शव जलेपछि बचेको अस्तुलाई दिलीपले नहरमा बगाएका थिए । तर एउटा ठूलो हड्डी घटनास्थलबाट बरामद भएको प्रहरीले जनाएको छ ।

    स्नेहाको हत्यामा संलग्न अन्य १० जना आरोपी फरार रहेका छन् । पक्राउ परेका राधेश्याम विदेह नगरपालिका–६ स्थित जनता उच्चमावि गिद्धाबेलापट्टिका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् भने बुबा दिलीप यादव नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रमा दोस्रो तह सहायक पदका कर्मचारी हुन् ।

    स्नेहाको हत्यामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...