News Portal

  • भाटभटेनी सुपरमार्केटमा आगलागी

    इभक्तपुर संवाददाताभक्तपुर, २५ चैत
    ७९८ पटक
    भक्तपुर, २५ चैत

    बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । बुटलवको सुख्खानगरमा रहेको सुपरमार्केटको चौथो तल्लामा बिहानैदेखि लागेको आगो दुईवटा दमकलको सहायतामा सुरक्षाकर्मी र स्थनीय बासिन्दाले निभाउने प्रयास गरिरहेका छन् ।

    बुटवल ८ सुख्खानगरस्थित सुपरमार्केटमा बिहान करिब ४ बजेदेखि आगोलागी भइरहेको छ। आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको दमकलले प्रयास गरिरहे पनि उचाईमा रहेकाले नियन्त्रण हुन सकिरहेको छैन।

    आगो नियन्त्रणका लागि अन्य स्थानका दमकल पनि बोलाइएको छ। सुपर मार्केटमा आगोलागी भएपछि अहिले ठूलो सख्यामा सर्वसाधरण र सुरक्षाकर्मी त्यहाँ पुगेका छन् ।

    एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले गत वर्षमात्रै उक्त सुपरमार्केट संचालनमा आएको थियो । आगलागिको कारण अहिलेसम्म थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

    अपडेट : बुटवलको भाटभटेनी सुपरमार्केटमा  भएको  आगलागी नियन्त्रणमा आएको छ । 

    यस्तै उता उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-६ स्थित नेपालटार बजारमा गएराती आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएको तथा ६ करोड रुपैयाभन्दा बढीको क्षति भएको छ ।

    रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट सुरु भएको आगलागीले १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले वताए । आगलागीबाट तामाङको ७० वर्षीया आमा बारीमाया तामाङसमेत बेपत्ता भएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...