News Portal

  • अज्ञात समुहले गर्यो गाईको संरक्षण गर्दै आएका हिन्दूवादी युवा आचार्यमाथि गोली प्रहार

    इभक्तपुर संवाददाताविराटनगर, २५ चैत
    ९२८ पटक
    विराटनगर, २५ चैत

    विराटनगरमा एकाबिहानै गोली चलेको छ । अज्ञात समुहले गाईको संरक्षण गर्दै आएका हिन्दूवादी युवा अभियानकर्ता आचार्य श्रीनिवासमाथि गोली प्रहर गरेको छ ।

    अज्ञात समुहले प्रहार गरेको गोली लाग्दा विरानगरको जतुवामा हिन्दूवादी युवा अभियानकर्ता आचार्य गम्भीर घाइते भएका छन् । प्राप्त समाचार अनुसार आइतबार बिहान पौने तीन बजे आएको अज्ञात समूहले उनि माथि गोली प्रहार गरेर फरार भएको छ ।

    जतुवामा बस्दै आएका आचार्य श्रीनिवास बिहान सौच गर्न निश्किएका बेला उनलाई गोली हानिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुईजनाको समूहले तीन राउण्ड गोली प्रहार गर्दा एउटा गोली श्रीनिवासको छातीमा लागेको छ ।

    जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद् भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको छ । उनको विराटनगरस्थित न्युरो अस्पतलामा उपचार भइरहेको छ ।

    गोली प्रहार भएको स्थानमा हिन्दू धर्मका दलालहरू खबरदार लेखिएको पर्चा भेटिएको छ । केही दिनअघि रामनवमीको अवसरमा आचार्य श्रीनिवासलाई भेट्न पूर्वराजा विराटनगरमा रहेको राम मन्दिर गएका थिए ।

    गोली प्रहार गर्ने समूहलाई पक्राउ गरेर तत्काल कारबाही गर्न हिन्दूवादी संघ संस्थाले माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...