सर्लाहीमा बालिकाको बलात्कार अभियोगमा एक प्रौढ पक्राउ परेका छन । प्रहरीले सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियाबाट ६० वर्षीय श्यामकृष्ण साहलाइ पक्राउ गरेको हो ।
आफ्नै घरमा काम गर्न राखेको १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पिडीत पक्षको जाहेरीको आधारमा पिपरिया निवासी ६० वर्षीय श्यामकृष्ण साहलाई पक्राउ गरेको गरिएको प्रहरीले बताएको छ ।
पीडित बालिका विगत ८ वर्षदेखि साहको घरमा घरेलु कामदारको रुपमा रहदै आएकी थिईन् ।
साहले स्थानियलाई ॠण लगानी गर्दा किर्ते कागज बनाइ लाखौ रुपैया ठगी गरेको मुद्दा समेत रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । पक्राउ परेका साहमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले बताएका छ्न ।