News Portal

  • चर्चित गोरखा फुजेलका अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला अदालतमा अनुपस्थित

    चितवन, २५ चैत
    ८२५ पटक
    चितवन, २५ चैत

    गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारी अदालतले उपस्थित हुन आदेश दिए पनि अदालत उपस्थित हुनु भएन ।

    जिल्ला अदालत चितवनले गत फागुन १३ गते नुरप्रसादलाई अदालतमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको थियो । जिल्ला अदालत चितवनका स्रेस्तेदार गेहेन्द्र पन्तले अदालतको आदेशपछि नुरप्रसाद नभेटिएपछि गोरखाको गण्डकी गाउँपालिका–३ मा रहेको सार्वजनिक चौतारीमा रहेको पिपलको बोटमा सबैले देख्ने गरी तामेली पत्र टाँसिएको बताए ।

    उक्त पत्रमा चैत २५ गतेसम्म अदालतमा उपस्थित भई बकपत्र दिन मिति तोकिएको थियो । पन्तका अनुसार आज कार्यालय समयभित्र नुरप्रसाद अदालतमा उपस्थित हुनु भएन । उनको मुद्दाको पेसी सोमबार तोकिने पन्तले जानकारी दिए ।

    अदालतको बन्दोबस्तीको दफा ११५ बमोजिम प्रमाण बुझ्न उनलाई अदालतले आदेश दिएको हो । जिल्ला अदालत चितवनका एक नम्बर न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका थिए । जाहेरवाला अधिकारी हत्या भएका कृष्णप्रसादका दाजु हुन् ।

    विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

    जिल्ला अदालतले किटानी जाहेरी भएकामध्ये सातजनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको छ । दुईजना अदालतको सम्पर्कमा आएका छैनन् । तीमध्ये रुद्र आचार्य विदेशमा रहेको बताइँदै आइएको छ । सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ मध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।

    किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् ।

    हत्या भएका अधिकारीका बुबा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो भने आमा गंगामाया अहिले पनि अनशनमानै रहेका छन् । स्व नन्दप्रसादको शव अहिलेसम्म परिवारले बुझ्न मानेको छैन ।

    तत्कालीन नेकपा ९माओवादी०का कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या गरेका थिए । जयमंगलमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका कृष्णलाई सुराकीको आरोपमा हत्या गरिएको जनाइएको थियो । नुरप्रसाद लामो समयदेखि सम्पर्कविहीन रहेको जनाइएको छ । यस विषयमा बुझ्न खोज्दा उनले प्रयोग गर्दै आएका दुईवटै टेलिफोनमा सम्पर्क हुन सकेन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...