News Portal

  • अनुगमनका क्रममा धर्म परीवर्तन गराएको देखेपछि कड्किए सर्लाहीका सीडीअाे

    प्रेमनाथ पाैडेलसर्लाही, २७ चैत
    ११०४ पटक
    सर्लाही, २७ चैत

    अनाथ तथा द्वन्द्व पिडित बालबालिकालाई आश्रय दिएकै नाममा धर्म परिबर्तन गर्ने गराउने अधिकार कसैलाई नभएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले बताएका छन् । मंगलवार महिला तथा बालबालिका कार्यालयको आयोजनामा अनाथालय अनुगमन गर्न निस्केका प्रजिअ कट्वालले उक्त कुरा बताएका हुन् ।

    बागमती- १ ढुङ्रेखोलामा रहेको अनाथ बालगृहमा राखिएका अनाथ तथा असहाय बालबालिकालाई आश्रय गरेको नाममा बाईबलका किताब राखेर पढाएको प्रति आपती जनाउदै उनले त्यसो नगर्न चेतावनी दिए ।

    अनुगमनका क्रममा सर्लाहीको हरिवन ५ घुर्कौलीमा रहेको चेतना सन्देश ,वडा नम्बर ९ मा रहेको सर्भिस फर पिस र बागमती १ढुंङ्रेखोलामा रहको कल्पनाको जीवन बालगृहको सरोकारवालाहरुले निरीक्षण गरेका हुन ।

    निरीक्षणका क्रममा ढुङ्रेखोलामा रहेको बाल गृहले बाल गृह को नाम मा धार्मिक राजनिति गर्न लागेको, बालगृहको सरसफाईमा ध्यान नदिएको र बालगृह खोल्ने मापदन्डसमेत पूरा नगरेको पाइएपछि आवस्यक निर्देशनसहित सुधारको लागि समय दीएको बताइएको छ ।

    अनुगमन तथा निरीक्षणका क्रममा बालगृह सन्चालक हरुले संचालनकोलागि कतैबाट पनि कुनै किसिमको आर्थिक सहयोग नपाएको दुखेसो राखेका थिए ।

    हाल जिल्ला को घुर्कौलीमा ४२ सुखेपोखरी मा १९ का साथै ढुङ्रेखोला मा १३ जना बालबालिकाले बालगृह मा आश्रय लिई रहेका छ्न ।

    प्रजिअको नेतृत्वमा रहेको अनुगमन टोलिलाई महिला तथा बालबालिका कार्यालयकी प्रमुख देब कुमारी खत्रीले सहजिकरण गरेकी थिइन् भने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापा ,बाल संरक्षण सस्था कि अध्यक्ष राधा घिमिरे ,युएन एफ पिएका बच्चा लाल महतो ,संचारकर्मी लगायतको सहभागिता रहेको महिला तथा बालबालिका कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...