News Portal

  • शिक्षा, सहरी विकास,स्थानीय विकास लगायतका मन्त्रालयले गुमाए पुनःनिर्माण अधिकार

    इभक्तपुर संवाददाताभक्तपुर, २९ चैत
    ८०२ पटक
    भक्तपुर, २९ चैत

    भूकम्पपछिको पुनःनिर्माणमा जुटेका सबै सरकारी निकायहरू राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत पुगेका छन । बिहीबारदेखि नै अन्य मन्त्रालय मातहत रहेका सबै सरकारी निकायहरू प्राधिकरण मातहतमा नै रहने भएका हुन् ।

    प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरणको निर्देशक समितिको निर्णयअनुसार बिहीबारदेखि नयाँ सङ्गठात्मक संरचना शुरु भएको हो ।

    शिक्षा मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय अयोजना एकाई कार्यालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना एकाई कार्यालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन एकाई अबदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत नै रहेर पुनःनिर्माणमा जुट्ने भएका छन ।

    पुनःनिर्माणमा प्रगति हुन् नसक्नुमा इकाइहरु प्राधिकरण मातहत नभएको निष्कर्ष निकाल्दै सबैलाई प्राधिकरण मातहत पुर्याइएको बताइएको छ । अब सबै इकाइहरु प्राधिकारणको नियन्त्रण र निर्देशनमा चल्ने यसले प्राधिकरणलाई पुनःनिर्माणमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।
    अबका दिनमा भूकम्प प्रभावित ३१ जिल्लामा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन एकाई रहेनछन् । उक्त एकाईबाट भूकम्प प्रभावितलाई अनुदान वितरण तथा स्थानीय पूर्वाधार निर्माणमा सहयोग पु¥याउने प्राधिकरणले जनाएको छ ।
    त्यस्तै शिक्षा क्षेत्रको पुनःनिर्माणको लागि केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन एकाईले काम गर्ने छ । उक्त एकाईअन्तर्गत केन्द्रमा एउटा र २० जिल्लामा जिल्ला आयोजना कार्यान्वयन एकाई रहने व्यवस्था प्राधिकरणले गरेको छ ।
    नयाँ सङ्गठनात्मक संरचनापछि सबै निकायहरू प्राधिकरणप्रति उत्तरदायी र जवाफदेही हुने बताउदै अहिले देखिएको लामो र झन्झटिला प्रक्रिया सहज भई अब पुनःनिर्माण कार्यले गति लिने प्राधिकरण प्रवक्ता यमलाल भुसालले दाबी गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...