News Portal

  • राजनीतिमा सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावाद सुरु भएको टिप्पणी

    इभक्तपुर संवाददाताकाठमाडौं, १ बैशाख
    ७२९ पटक
    काठमाडौं, १ बैशाख

    नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले राजनीतिमा सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावाद सुरु भएको टिप्पणी गरेका छन् । राजधानीमा नेपाल अध्ययन केन्द्रले प्रकाशन गरेको ‘राजनीतिक अर्थतन्त्र र नेपालको वर्ग विश्लेषण’ नामक अनुसन्धानात्मक पुस्तककाे सार्वजनिक गर्ने कार्यक्रममा नेता भुषालले साे कुरा बताएका हुन् । भुषाल नेकपा एमाले र वामपन्थी अान्दाेलनमा अध्ययनशील र सैद्धान्तिक बहस गर्ने नेता मानिन्छन ।

    नेता भुषालले पुस्तकमाथि टिप्पणी गर्दैै राजनीतिमा विचार र सिद्धान्तविहीन अवस्थामा राजनीतिक नेतृत्वले लोकप्रियताको साहारा लिने बताए । नेपालमा यति बेला विकास र संवृद्धिको ज्वरो आए पनि त्यसमा मानवीय पक्षको बारेमा बहस नभएको उल्लेख गरे । उनले भने, ‘हामीमा विकास र संवृद्धिको ज्वरो आएको छ । सबैतिर विकासका चर्का चर्का कुरा सुनिन्छ तर मानवीय पक्षका बारेमा कहीँ कुरा भएको छैन ।’ उनले अहिलको लोकप्रियवादको समयमा सिद्धान्त, विचारको कुरा गर्ने उपयुक्त समय नभएको उल्लेख गरे ।

    ‘राजनीतिक अर्थतन्त्र र नेपालको वर्ग विश्लेषण’ नामक पुस्तकमा ६ वटा शीर्षकमा अनुसन्धानका विषयलाई समेटिएको छ । पुस्तकमा परिचय, नेपालको अर्थ राजनीति, दलाल पुँजीवाद, अध्ययनको प्रयोगात्मक तरिका, वर्ग व्यवस्थाको प्रयोगात्मक तथ्य र सारांश उल्ल्लेख राखिएको छ ।

    साेही कार्यक्रममा बाेल्दै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकतापछि कम्युनिष्ट पार्टीबीच देखिएको सैद्धान्तिक भिन्नतामा एक रुपता आउने बताए । खनालले समाज र अर्थ व्यवस्थालाई हेर्ने दृष्टिकोणमा कम्युनिष्ट पार्टीबीच फरक फरक धारणा रहे पनि अब लगभग एउटै सैद्धान्तिक आधार तयार हुने बताएका हुन् ।

    त्यसैगरी पुस्तकका लेखक डा. खगेन्द्र प्रसाईले वर्ग व्यवस्थाको बुझाइमा दलहरुबीच धेरै भिन्नता रहेको उल्लेख गरे । एउटै पार्टीको राजनीतिक दस्तावेजमा पनि समाज र अर्थ व्यवस्थालाई हेर्ने फरक फरक दृष्टिकोण भएकाले अध्ययन अनुसन्धान गर्नेहरु नै अन्योलमा परेको प्रसाईले बताए ।

    डा. प्रसाईले नेपालमा पुँजीबाद विश्लेषणका असंगतिहरु प्रस्ट पारेका थिए। उनले एमाले महाधिवेशनले पारित गरेका सिद्धान्तहरुमा भएका विरोधाभासहरु स्पष्ट पारेका थिए। डा. प्रसाईले एमाओवादी विश्लेषणका अंसगतिहरु पनि आफ्नो भनाइका क्रममा स्पष्ट पारेका थिए।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...

    वाईसिएलको भक्तपुर जिल्लामा नयाँ नेतृत्व : संयोजकमा उप्रेती र सचिवमा सुवाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले भक्तपुर जिल्लामा नयाँ...

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...