News Portal

  • बराबर हैसियत हुन्न भने हामी एमाले संग एकता गर्दैनौ-वाइसियल

    इभक्तपुर संवाददाताकाठमाडौँ, २ बैशाख
    ८१५ पटक
    काठमाडौँ, २ बैशाख

    काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

    फ्याक्सन इन्चार्ज मणि थापा सहित अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर वाईसीएलले समान हैसियतमा एकता गर्न ध्यानाकर्षण गराएको हो ।

     

    वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जनयुद्धविना र बराबरी विनाको एकता नस्वीकार्न पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको अध्यक्ष दीपशिखाले  बताएका छन् ।

    दीपशिखाले भने, ‘जनयुद्ध र बराबर हैसियतमा सहमति हुन्छ भने वैशाख ९ गते नै एकता गरौं । सहमति हुँदैन भने एकता पनि हुँदैन । त्यस्तो एकता वाईसीएलले मान्दैन भनेका छौं ।’

    उनका अनुसार प्रचण्डले पनि वाईसीएलको धारणा आम माओवादी नेता-कार्यकर्ता र शुभेच्छुकहरुको पनि हो भन्दै समानताको आधारमा र सम्मानजनक नै एकता हुने बताएका थिए ।

    वाईसीएल महासचिव सुवोध शेर्पालीका अनुसार एकीकृत पार्टीको अध्यक्ष दुईजना नराख्न पनि नेतृत्वको ध्यानाकर्षण गराइएको थियो । तर, त्यसलाई भने प्रचण्डले स्वीकार गरेनन् ।

    ‘जनयुद्ध शव्द र बराबरी हैसियतको कुरालाई पार्टी अध्यक्ष प्रचण्डले स्वीकार गरे पनि दुई अध्यक्षात्मक प्रणालीको विषयमा भने सहमति भइसकेकाले अब परिवर्तन गर्नु हुँदैन भन्नु भएको छ वाईसीएल महासचिव सुवोध शेर्पालीले भने ।

    वाईसीएल टोलीलाई प्रचण्डले एकताको अधिकतम पहल भइरहेको जानकारी दिएका थिए ।

    माओवादी र एमालेबीच जनयुद्ध शब्द, चुनाव चिह्न र केन्द्रीय समितिमा रहने संख्याको विषयमा विवाद छ । यो विवादका कारण यही वैशाख ९ गते हुने भनिएको पार्टी एकता घोषणा पनि अन्योलमा परेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकता टुंगो लगाउने भनिए पनि दुई दलबीच औपचारिक रुपमा अझैसम्म बैठक हुनसकेको छैन ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...