News Portal

  • सम्पादकीय : विद्यार्थी भर्नामा सरकारको ब्रेक थ्रु, आउनुस् सक्नेले नसक्नेको हात समाअाैं

    संजीप शुभचिन्तकभक्तपुर, २ बैशाख
    ९६७ पटक
    भक्तपुर, २ बैशाख

    बिकाशको पहिलो सूचककोरुपमा रहेको शिक्षामा सरकारले भरपूर प्राथमिकताको प्रयास गरेको छ । बैशाखदेखि शुरु हुने बिद्यार्थी भर्ना अभियानलाई तामझामको बिषय मात्र नबनाएर सरकार परिणाम केन्द्रित देखिएको छ ।

    आइतवार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोखरेलले भर्ना अभियानमा ब्रेक थ्रु गर्दै बैशाख ५ गतेलाई भर्ना दिवसकैरुपमा मनाउने उद्घोष गरेका छन । मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त उद्घोष गरेका हुन् ।

    भर्ना अभियानलाई औपचारिकतामा सिमित नराख्दै राष्ट्रिय पर्वकै रुपमा लिइएको यो पहिलोपटक हो ।

    २०६१ सालदेखि शिक्षा मन्त्रालयले भर्ना अभियान शुरु गरेको भएतापनि अझै करीब ३ प्रतिसत प्राथमिक तह पढ्ने उमेरका बालबालिका विद्यालयको आगनसम्म आउन सकेका छैनन । संख्यामा भन्नुपर्दा गतबर्ष पनि प्राथमिक उमेर समूहका ८८ हजार २ सय ७ बालबालिकाले विद्यालयको आगन टेक्न पाएका छैनन् ।

    बर्तमान सरकार यस्ता विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई बिद्यालय भर्ना गर्न सक्दो प्रयासमा जुटेको छ । पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन सरकारले विशेष योजना बनाएको छ ।

    ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ यतिबेला देशव्यापीरुपमा सरकारले भर्ना अभियान चलाइरहेको छ । सरकारको एकल प्रयासले मात्र नहुने भन्दै आम नागरीकलाई नै बिद्यालयसम्म पहुँच नपुगेका बालबालिकालाई बिद्यालय प्रवेश गराउन आह्वान गर्दै संचालित यो अभियान यतिबेला सरकारसंग मात्र नभई आम नागरिकसंग जोडिन पुगेको छ ।

    शिक्षाबाट बञ्चित विपन्न, गरिव, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएका वर्ग क्षेत्र र समुदायका एक जना बच्चालाई स्टेशनरी, पोसाक र दिवा खाजाको प्रवन्ध गरी स्वच्छिक अभिभावकत्व ग्रहण गर्न मन्त्री गिरिराजमणि पोखरेलले सबैमा आग्रह समेत गरेका छन् ।

    शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका ठिन्ले साँवु लामाको जिम्मेवारी लिदै बिद्यालय भर्ना गराएर अभियानको शुभारम्भ गराइसकेका छन् । रक्षामन्त्री इश्वर पोखरेलले सुर्यदेवी रोकाय, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट– ५ खज्र्याङकी अस्मिता परियार, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले पुन्नबहादुर कुमाल, पुर्व सभामुख सुवाशचन्द्र नेम्वाङले विनिता नेपाली र मन्त्री पोखरेलले कर्मा याङजिङको एसइइसम्मको पढाई खर्च व्यहोर्ने घोषणा गरेका छन् ।

    सरकारले गरेन भनेर नथाक्ने शिक्षाविद, शिक्षाप्रेमी, शैक्षिक अभियन्ता र सचेत बर्गकै हातमा भर्ना अभियानको हलो समाइदिएर सरकारले यतिबेला सामाजिक उत्तरदायित्व बोध गराएको छ भने नागरिक समाजसंगे हातेमालो गर्दै शैक्षिक फड्को मार्ने संदेश पनि दिन सफल भएको छ ।

    यस पटकको भर्ना अभियान बिगत १३ बर्षदेखिको निरन्तरताको रुपमा रहेको छैन , यसमा सबै सचेत जनताको सहभागीताको लागि सरकारले आह्वान गरिसकेकोले यो जनतासंग जोडिएको छ । सामाजिक दायित्व बहन गर्ने अवसरबाट भाग्ने छुट कसैलाई पनि नभएको मन्त्रालयका सचिव खगराज बरालले इभक्तपुरसंग बताएका छन् ।

    इभक्तपुरसंग कुरा गर्दै शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले यो बर्ष नै विद्यालयको पहुँचमा नरहेका सबै बालबालिका बिद्यालय आउने बाताबरण बन्ने बताएका छन् । ”शिक्षाप्रेमीहरुले बिद्यालय सम्म पहुँच नपुगेका बालबालिकाको अपनत्व लिन शुरु गरिसक्नुभएको छ , देशव्यापी रुपमा देखिएको यो लहरबाट हामी उत्साहित छौ । मलाइ लाग्छ यो बर्ष सबै भर्ना योग्य बालबालिका बिद्यालय पुग्छन् ।” महानिर्देशक पौडेलले बिश्वास व्यक्त गरे ।

    बास्तवमै भन्ने हो भने केहि हजार हातहरुले डोहोर्याउने हो भने मात्र पनि बिद्यालय जानबाट बन्चित सबै बालबालिका बिद्यालय पुग्न सक्छन् । शिक्षाप्रेमी जनताहरुको लागि यसपटक सरकारले भर्ना अभियानमा पहुँच बाहिर रहेका बिद्यार्थी भर्ना गराउने अवसर मात्र दिएको छैन, एक अग्नि परीक्षा समेत खडा गरिदिएको छ । यदि यो बर्ष पनि बालबालिका बिद्यालय बाहिर भए भने सरकारलाई औला उठाउने नैतिक आधार नरहने प्रति पनि शिक्षाप्रेमीहरु सचेत बन्नु पर्ने देखिएको छ ।

    अन्तमा, इभक्तपुरको तर्फबाट हामी हाम्रा आदरणीय पाठकहरुमा सरकारले आह्वान गरेको भर्ना अभियानमा सहभागी हुन् अनुरोध गर्दछौ । तपाईको नजिक छरछिमेकमा वा तपाईले देखेको कतैपनि बालबालिका विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् भने उनीहरुलाई विद्यालयको पहुँचमा पुर्याउनु तपाईहाम्रो पनि सामाजिक उत्तरदायित्व हो । तपाईले आज आफ्नो सम्झेर शिक्षाको उज्यालो देखाउने बालबालिकाले भोली देशलाई उज्यालो बनाउन सक्छ । परिवारवादबाट माथि उठेर राष्ट्रबादको तर्फ पाइला बढाअाैं, सक्नेले नसक्नेलाई विद्यालयको पहुँचमा पुर्याअाैं ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...