News Portal

  • बाग्लुङ्गको कालिका मन्दिरमा एकै महिनामा २८लाख भेटि संकलन

    ९०६ पटक

    बागलुङ -यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ ।

    नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

    दुई हजार १०० जोडी परेवा बिक्रीबाट रु आठ लाख ४५ हजार, बलि चढेका ३९५ बोकाको टाउको बिक्रीबाट रु तीन लाख ३१ हजार संकलन भएको हो । यस्तै, ९३ पाथी चामल बिक्रीबाट रु ५८ हजार, सिक्का सटहीबाट रु १५ हजार आम्दानी भएको छ । बलिको राँगो, कुखुराको टाउको, भक्तजनले चढाएको तेल, कपडा बिक्रीबाट आउने रकम पनि भेटीमा जम्मा हुने गरेको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

    सो अवधिमा रु दुई हजार ५५० नगद आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । बलि चढाएका बोकाका टाउको, परेवा, चामल, तेल, कपडा बिक्री, नगदलगायतबाट उठ्ने सबै रकम मन्दिरको मूल भेटीमा जम्मा हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा गएको चैतमा रु तीन लाख ६३ हजारभन्दा बढी भेटी उठेको समितिले जनाएको छ । “चैतेदशैँमा भक्तजनको घुइँचो लाग्ने हुँदा भेटी बढी उठेको हो”, अध्यक्ष खड्काले भन्नुभयो ।

    सोही बेला हुने चैत्राष्टमी मेलाका कारण पनि मन्दिर दर्शन गर्ने भक्तजनको संख्या वर्षेनी बढ्दो छ । बडादशैँ र चैतेदशैँमा मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । मन्दिरले वर्षमा रु एक करोडभन्दा बढी भेटीबाट आम्दानी गर्दै आएको छ ।

    समितिले हरेक महिनाको आय व्यय विवरण सार्वजनिक गर्दै आएको छ । जसअनुसार गएको चैत महिनामा रु एक लाख ४४ हजार खर्च भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...