News Portal

  • जाजरकोटमा भेरी जलयात्राको औपचारिक उदघाटन

    लक्ष्मण रसाइली बैशाख ५
    ११२४ पटक
    बैशाख ५

    काठमाडौँ ,वन तथा वातावण मन्त्री शक्ति बहादुर बस्नेतले मंगलबार नलगाड नगरपालिका -८ जाजरकोट को बगरामा ब्यबसायिक जलयात्रा(र्याप्टिङ्ग) को औपचारिक उद्घाटन गरेका छन् ।

    नलगाड नगरपालिकामा पर्यटन,प्रबर्दन उद्योग,ब्यबसाय विकासका रुपमा सुरु गरिएको र्याप्टिङ्ग बन मन्त्री बस्नेतले मंगलबार उद्घाटन गरेका हुन् ।साथै बगरा देखि नलगाड नगरपालिका कै वडा न ७ को डल्ली सम्म जलयात्रा र्याप्टिङ्ग गरेर समेत् मन्त्रि बस्नेतले उदघाटन गरेका छन् ।साथै उदघाटन कार्यक्रमा पूर्व शान्ति मन्त्रि सत्या पहाडी,रास्टिय सभा सदस्य काली बहादुर मल्ल ,नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावल ,माओबादि केन्द्र कर्णाली प्रदेश संयोजक माया प्रसाद शर्मा, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गगन खड्का उपस्थिति रहेको थियो।

    साथै मन्त्रि बस्नेतले जलासय युक्त रास्टिय गौरबको योजना नलसिङ गाड जलबिधुत आयोजना संग जोडिएको र्याप्टिङ्ग संचालनले स्थानीय ब्यापार,पर्यटन प्रबर्दन मा अमुल्य योगदान समेत पुर्याउने बताएका छन्। केहि महिन अघि मात्र भेरी एक्सप्लोर प्रा लि जाजरकोटले विभिन्न प्रयासबाट भेरी नदीमा ब्याबशायिक रुपमा र्याप्टिङ्ग चलाउने योजना सहित नलगाड नगेपालिका जाजरकोटका केहि युवालाई तालिम दिएको थियो ।जाजरकोटको पर्यटन,प्रबर्दन र सिंगो कर्णाली प्रदेशको नमुनाको रुपमा निकै महत्व बोकेको भेरी नदीमा र्याप्टीङ्ग चलाउने र पर्यटन प्रबर्दन तथा उधोग,ब्यबशायको बिकाशको लागि भेरी नदिमा जलयात्रा गराई विभिन्न क्षेत्रमा टेवा पुग्ने देखिन्छ ।

    साथै जनताको ब्यबस्था परिवर्तन गर्नुको साथै अबस्था परिवर्तनका लागि जारी नेपालको संविधान २०७२ ले सबै ब्यबस्था गरेको वन तथा वातावण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । जारी संविधान कार्यान्वन गर्ने वेला आएको मन्त्रि बस्नेतले बताएका छन् त्यस्तै र्य़ाप्टिङ्ग संचालक टक बहादुर घर्ति ले आफु हरु ले बिभिन्न प्रयासबाट भेरीमा र्याप्टिङ्ग चालाउने र स्थानिय व्यापारको बिकाश र पर्यटनको प्रबर्दनमा टेवा पुर्याउन लागि परेको बताएका छन् ।

    आन्तरिक तथा बाहय पर्यटकहरुको आगमन बढाउनु र बिस्त्रि बिकाश उन्नति संगै भेरी नदीको मुहान शे -फ़ोकसुण्डो बाट पनि भेरी नदि बाटै सुर्खेत रामघाट सम्म जलयात्राको सम्भाबना रहेको समेत घर्तीले बताए कर्णाली प्रदेशको जाजरकोट जिल्लामा रहेको नलगाड नगरपालिकाले पर्यटन बर्षलाई नगरपालिकामा पर्यटन उद्योगको विकासमा जोड दिन निजी लगानी कर्ता प्रबर्दनमा जोड दिने नगर प्रमुख टेकबहादुर रावलले बताएका छन् ।

    लगानी कर्ता प्रबर्दनका लागि निजी कम्पनीलाई जलयात्रा सञ्चालन गर्न लगाउनुको साथै नेपाल पर्यटन मन्त्रालय अन्तरगत होटल ब्यबस्थापन प्रतिष्ठान रबिभवन कालिमाटी काठमाण्डौंको आर्थिक तथा प्राविधिक सहयोगमा ३४ जनालाई १० साना होटल तथा लज ब्यबस्थापन तालिम सञ्चालन गरिएको प्रमुख रावलले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...