News Portal

  • प्रदेश न : ५ मा अब छुवाछुत मुक्त प्रदेश घोषणा गर्छौं -मन्त्री बराल

    ७४१ पटक

    ६ वैशाख, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले छिट्टै प्रदेश ५ लाई छुवाछुतमुक्त प्रदेश घोषणा गर्ने बताएका छन् ।

     

    मानव जातीको कलंकको रुपमा रहेको छुवाछुत प्रथालाई हटाउने गरी प्रदेश सरकारले योजना बनाइरहेको बताए ।

    उनले दलित समुदाय नै नेपालको ऐतिहासिक सर्बहारा वर्ग भएकाले यो वर्गको मुक्ति विना समाज विकासअघि बढ्न नसक्ने बताए ।

    दलित राजनीतिक नेतृत्वहरुको क्षमता अभिबृद्धिका लागि बिहीबारदेखि बुटवलमा समावेसी स्थानीय शासन प्रवर्द्धनका लागि संवाद कार्यक्रमको शुभारम्भ गर्दै बरालले लामो समयदेखि सामाजिक, आर्थिक सामाजिक उत्पीडनलाई अन्त्य गर्नका लागि काम थाल्नुपर्ने बताए ।

    मन्त्री बरालले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले सवैधानिक र जनशक्तिको हिसाबले सम्पन्न बनाउनेतर्फ पनि आफूहरुले काम गर्ने बताए ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य अन्जना विशंखेले दलित महिलाहरुले तथ्यपरक रुपमा शक्तिशाली बन्न आग्रह गरिन । उनले दलित समुदाय नै नेपालको बैज्ञानिकहरु रहेको बताउँदै अब त्यसलाई चिर्दै अघि बढ्ने पालो दलित समुदायका महिलाहरुको काँधमा आएको बताए । उनले दलित महिलाहरु अब आउदो निर्वाचनमा वडाअध्यक्ष हुने गरि आफ्नो भूमिकामा लाग्नुपर्ने बताइन् ।

    पूर्व सभाष एंव दलित अधिकारकर्मी विनोद पहाडीले स्थानीयतहले झुप्रो र छाप्रोबाट निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व हुनुलाई अर्थपूर्ण रुपमा लिनुपर्ने बताए । निर्वाचित जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि गर्ने कार्यक्रम नेपालमै नमूना हुने उनले बताए ।

    पूर्व सभाषद सन्तबहादुर नेपालीले महिला माथि हुने हिंसा अन्त्यका लागि दलित महिलाहरु जिम्मेवार हुनुपर्ने बताए ।

    कार्यक्रममा प्रदेश सांसद रामलखन हरिजन, प्रदेश ५ का नेपाली काँग्रेस सांसद रमा अर्याल, माओवादी केन्द्रका प्रदेश सांसद दीपा विश्वकर्मा, संघयि समाजवादी फोरमका प्रदेश सांसद फुलमती ढेँगाले बोल्दै संघीय संरचनामा सबैको सहभागिता आवश्यक रहेको बताए ।

    कार्यक्रममा पूर्व सभाषद कमला विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय उपसभापती गोविन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष गोविन्द रेग्मी, बुटवल उपमहानगरपालिकाका वडा नम्बर ११ का सदस्य माया दर्नाल लगायतले बोलेका थिए ।

    दलित महिला केन्द्र नेपालको आयोजनामा शुरु भएको कार्यक्रममा राजनितिमा दलित महिलाको सहभागिताका बिषयमा संवाद गरिएको छ ।

    स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दलित समुदायको मुद्धामा केन्द्रीत गराउने र दलित नेतृत्व स्थापित गर्ने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष गौरा नेपालीले बताइन् ।

    बुधबारदेखि शुरु भएको कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ । रुपन्देही, कपिलबस्तु, नवलपरासी बर्दघाट पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका जनप्रतिनिधि एंव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सहभागिता छ । सोही अवसरमा समावेशी बुलेटिनको विमोचन समेत गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...