News Portal

  • गत राति रनवे बाट अनियन्त्रित भई दुर्घटनाबाट बचेको मालिन्दो एयरको विमानलाई दुर्घटना स्थलबाट हटाइयो ,

    बैशाख ७,
    ८४२ पटक
    बैशाख ७,

    काठमाडाैं : मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग मै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान शुक्रबार मध्याह्न १२ बजेपछि खुल्ने भएको छ।

    विमानस्थल फसेकोविमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको छ  । र विमानलाई रनवेमा ल्याएर पूर्व तर्फको पार्किङ एरियामा लगिएको छ ।अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका प्र्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए।

    मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो।  उक्त घटनापछि अन्तर्राष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहान देखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा चालक दल सहित  १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...