News Portal

  • चार घण्टापछि शुरु भयो एमाले–माओवादीको संयुक्त कार्यक्रम

    ९ बैशाख
    ९९१ पटक
    ९ बैशाख

    काठमाडौँ ।

    नेकपा–एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रम झण्डै चार घण्टापछि शुरु भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीको ६९ औं स्थापना एवं १४८ औं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको कार्यक्रम ब्यानर विवादले रोकिएको प्रभावित भएको थियो ।

    पहिलेको ब्यानरमा मार्क्स, लेनिनकै फोटो नभएपछि माओवादी केन्द्रका कार्यकर्ताले कार्यक्रममा अवरोध सिर्जना गरेका थिए । अहिले नयाँ ब्यानर र कार्ल मार्क्स र लेनिनको फोटो ल्याएसँगै कार्यक्रम सुरु भएको छ । संयुक्त कार्यक्रममा दुईवटा ब्यानर राखिएको छ । मार्क्स र लेनिनको तस्वीर मञ्चमा मेचमाथि राखिएको छ ।

    कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र कम्युनिस्ट नेताहरुको लहरमा नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

    पार्टी एकताका लागि सकारात्मक सन्देश दिनेगरी नेकपा एकालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेगरी तय भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...