News Portal

  • बिदेशमा रहेका श्रीमानलाई थाहा नै नदिई श्रीमती दीइन डिभोर्स ,सम्पती जति लिएर बेपत्ता

    बैशाख १०
    ६६६ पटक
    बैशाख १०

    झापा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले बनाएको घर आउँदा एक पुरुष घरबाट निकालिएका छन् । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए, कारण थियो– उनलाई थाहै नदिइ श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो बिर्तामोड नगरपालिका वडा नं. ५ को । चर्काे घाम–गर्मी, भोकतिर्खा सबै सहेर परिवारसंग बाध्यतावस सात समुन्द्रपारि ती पुरुषले बिताएको १९ वर्ष बेकार मात्र भएन जवानी ढल्कियो, रोगले सतायो, जीवीकोपार्जनको आधार सारा सम्पत्ति गुम्यो । त्यही पीडाले अन्ततः उनको मृत्यु नै भयो ।

    १९ वर्ष अघि रोजगारीको सिलसिलामा उनी मलेसिया गएका थिए । केही वर्ष मलेसियामा बिताएर घर फर्किएका उनी धन कमाउने र घरपरिवारको राम्रो हेरचाह गर्दै परिवारलाई सुख सयलसँग पाल्ने सपना बुन्दै पुनः इराक पुगे । पछि अफगानिस्थानमा रोजगारीमै रहेका बेला बिरामी परेपछि उनी घर फर्किएका थिए । तर, श्रीमतीले उनलाई आठबर्ष अघि नै ‘डिभोर्स’ दिएकी रहिछिन् । भएको चल अचल सम्पत्ति श्रीमतकै नाममा थियो । श्रीमानसँग ‘डिभोर्स’ गरे पनि उनले श्रीमानलाई त्यो कुरा सुनाइनन् । श्रीमानले विदेशबाट पठाएको सबै सम्पत्ति हात पारेपछि बिरामी अवस्थामा फर्किएका ती पुरुषलाई उनले गलहत्याउँदै घरबाट निकालिन् । त्यो बेला मात्र उनले थाह पाए श्रीमतीले थाहै नदिई ‘डिभोर्स’ गरेकी रहिछिन् । उनकी एक छोरी छिन् । उनी आमासँगै बस्दै आएकी छिन् ।

    श्रीमतीले गलहत्याएर घरबाट निकालेपछि न्यायको खोजीमा केही दिन अघि उनी बिर्तामोड नगरपालिका आएको नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले बताइन् । उनले भनिन्– श्रीमतीका कारण आफू पीडित बनेको भन्दै नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपछि हामीले सबै कुरा बुझ्यौं, बास्तबमै उनी पीडित रहेछन् । यो विषयमा छलफलका लागि प्रक्रिया अघि बढाउनु पूर्व ती पुरुष बिरामी भएकाले उपचारका लागि पठाइएको थियो– न्यायिक समिति संयोजक समेत रहेकी प्रसाईंले भनिन् – उनको त्यही क्रममा मृत्यु भयो ।

    बिर्तामोड नगरपालिका–९ निवासी रिजाल थरका अर्का एक व्यक्तिको पीडा पनि उस्तै छ । बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका बेला श्रीमानलाई थाहै नदिइ श्रीमती अर्कैसँग गएपछि उनको पनि घर भाँडियो । भएको अचल सम्पत्ति पनि श्रीमतीको नाममा रहेछ बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रसाईले भनिन् – श्रीमानले पठाएको सबै पैसा लिएर उनी सशस्त्र प्रहरीका एक व्यक्तिसँग गएकी रहिछिन्, उजुरी परेपछि उनलाई पक्राउ गरेर आधा सम्पत्ति ती पुरुषलाई दिलायौं ।

    खोटाङमा कार्यरत सशस्त्र प्रहरीलाई समेत इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरी छलफलबाटै यो समस्याको समाधान गरेका छौं– उपप्रमुख प्रसाईले भनिन् – मैले भनेका दुईवटा केस प्रतिनिधि घटना मात्रै हुन्, यस्ता उजुरी धमाधम न्यायिक समितिमा आउन थालेका छन् ।

    बिर्तामोडमा मात्र होइन यस्ता उजुरी दमक नगरपालिकामा पनि अधिक परेका छन् । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार पुरुष हिंसाका उजुरी झण्डै दुई दर्जनको हाराहारीमा न्यायिक समितिमा परेका छन् । अधिकांश उजुरी बिदेश जाने पुरुषका छन् । कतिपयले मौखिक सल्लाह लिएर विवाद समाधान गरेका छन् भने कतिपयले न्यायिक समितिमै उजुरी दर्ता गराएका छन्– उपप्रमुख अधिकारीले भनिन्– बैदेशिक रोजगारीले समाजमा एकातर्फ राम्रो गरेको छ भने अर्कातर्फ घर परिवार बिगारेको पनि छ ।

    दमक नगरपालिकामा श्रीमतीको नाममा जग्गा भएकाहरु धेरै अर्कैसँग हिँडेका उजुरी परेका छन् । बैदेशिक रोजगारीमा रहेका पुरुष घर फर्किंदा श्रीमती बेपत्ता बनेको र धन सम्पत्ति समेत लिएर हिँडेका उजुरी पर्न थालेसँगै दमकमा पुरुष पनि हिंसामा परेको हामीले पाएका छौं – उपप्रमुख अिधिकारीले भनिन् ।

    श्रीमती विदेश गएपछि नफर्किने र उतै अर्कैसँग विवाह गरेर घरजाम गरेका र श्रीमान् श्रीमतीको संयुक्त नाममा रहेको अचल सम्पत्ति रोकिएकाले फुकुवा गरी पाउँ भनेर नगरपालिकामा केही उजुरी परेको बताइएको छ । दमक नगरपालिकामा अधिकांश उजुरी अंश, साँध सीमाना, छोराछोरीले बुबा आमाको हेरचाह नगरेको र पुरुष हिंसाका उजुरी पनि धमाधम परिरहेको न्यायिक समिति संयोजक समेत रहेकी अधिकारीले बताइन् । उनले भनिन् – पुरुष पनि हिंसामा परेर न्याय माग्दै आएकोमा दुई जनाको सम्बन्ध बिच्छेदको सिफारिस नै गरिसकेका छौं ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...