News Portal

  • बराबरीको अडानबाट प्रचण्ड ब्याक , ओलीलाई आनन्द

    इभक्तपुर संवाददाताकाठमाडौं, १० बैशाख
    १६९८ पटक
    काठमाडौं, १० बैशाख

    काठमाडौँ, वैशाख १० गते । एमालेसँगको एकीकरणमा बराबरीको अडान राखेको नेकपा (माओवादी केन्द्र) त्यसबाट पछि हटेको छ । माओवादी नेताहरूले बराबरीको सट्टा एमालेसँग सम्मानजनक एकीकरण हुनुपर्ने प्रस्ताव गरेका छन् । एकीकृत पार्टीमा कुन दलको कति सदस्य रहने भन्ने विवादका बीच माओवादी केन्द्रले एकताको आधार ‘सम्मानजनक’ हुनुपर्ने प्रस्ताव गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा एकताको विषयमा छलफल गर्न बैठक बसेको थियो ।

    एकता अङ्क गणितका आधारमा होइन, सम्मानजनक हुनुपर्छ भन्ने हिसाबले बैठकमा छलफल भएको माओवादी नेता विश्वनाथ साहले बताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले एकता हुँदा दुईचार पद तलमाथि हुनसक्ने बताएका थिए । दुई पार्टीबीच एकीकरण गर्ने सहमतिसँगै भएको चुनावमा एमालेले ६० प्रतिशत सिट र माओवादीले ४० प्रतिशत सिटमा चुनाव लडेका थिए । एमालेले अहिले एकीकरण प्रक्रिया पनि यही बाँडफाँटमा हुनुपर्ने प्रस्ताव गरेको छ भने माओवादी केन्द्रले ६०/४० को हिसाब चुनावका लागि मात्रै भएको दाबी गर्दै बराबरीको अडान राखेको थियो ।

    माओवादी अध्यक्ष प्रचण्डले एकता संयोजन समितिको बैठक र त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन दिन लगातार भएका छलफलका विषयलाई बैठकमा ‘ब्रिफिङ’ गरेका थिए । एकताका लागि प्रधानमन्त्री ओली सकारात्मक रहेको र यसलाई चाँडै टुङ्ग्याउनुपर्ने पक्षमा रहनुभएको पनि अध्यक्ष प्रचण्डले बैठकमा बताए ।

    माओवादी प्रवक्ता पम्फा भुसालले कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि एकता संयोजन समिति र अध्यक्षद्वयको बीचमा व्यापक छलफल हुन बाँकी रहेकाले दुई पार्टीको एकताका लागि अझै केही समय लाग्ने बताए ।
    प्रवक्ता भुसालले गृहकार्यका लागि केही समय लाग्ने भएकाले एकताको मिति ठ्याक्कै तोक्न नसकिनेसमेत बताए । उहाँले छलफलपछि दुई पार्टीका अध्यक्षको सहमतिमा एकताको मिति तोकिनेसमेत बताए ।
    दुई फरक धारका पार्टीबीच एकीकरण हुन लागेको र त्यसमा हतारिन नहुने धारणा अध्यक्ष प्रचण्डले बैठकमा राखेको समेत प्रवक्ता भुसालले जानकारी दिईन । “दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता हुन्छ र त्यो सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा हुन्छ”, अध्यक्ष प्रचण्डले बैठकमा भने ।
    एकीकरण प्रक्रियामा जनयुद्ध शब्दमा खासै विवाद नरहेको नेता साहले जानकारी दिए । पार्टी विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्न एमाले सकारात्मक भएको बताउँदै त्यसलाई कसरी राख्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको नेता साहले जानकारी दिए । उनले चुनाव चिह्नको विषयमा पनि खासै समस्या नरहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...