News Portal

  • लेनिन जयन्तीमा हुन् नसकेको एमाले- माओबादी केन्द्र एकताको मिति तय

    इभक्तपुर संवाददाताकाठमाडौं, ११ वैशाख
    ९१७ पटक
    काठमाडौं, ११ वैशाख

    प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

    मंगलबार भएको छलफलका क्रममा दुवै अध्यक्षले २ पार्टी एकता घोषणाको मिति तय गरेको छ । स्रोतका अनुसार ओली-प्रचण्डले लेलिन जयन्तीका दिन भएको विवादको टुंगो लगाउँदै सरप्राइज दिन ५ मे अर्थात मार्क्स जन्मजयन्तीको दिन एकता घोषणामा सहमति गरेका छन् । ५ मे, २२ वैशाखका दिन पर्छ ।

    एकता संयोजन समितिले अध्यक्षको हैसियतका विषयमा सहमति गर्न ‘अध्यक्षहरू’लाई नै जिम्मा लगाएर घोषणाको मिति तय गर्ने पनि जिम्मेबारी दिएका थिए । एकीकरण घोषणा मितिको सहमतिमा अध्यक्षद्वय पुगेका छन् ।

    ११ मे अर्थात् २८ वैशाखमा हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अघि नै पार्टी एकता घोषणा गरिसक्ने सहमतिमा दुई अध्यक्ष पुगेका हुन् ।

    एकता संयोजन समितिले तयार पारेको दुई कार्यदल मध्ये एकका संयोजक नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार अब केही विषयमा पनि विवाद छैन । ‘सबै विवाद मिलिसक्यो, पार्टी एकता घोषणा हुनमात्र बाँकी हो । उपयुक्त समयको लेखाजोखा भइरहेको छ’, उनले चितवन पुगेर भनेका थिए ।

    हैसियत, समानता र सम्मानजनक सहभागीताका विषयमा माओवादीभित्र कुरा उठाउने पनि बादल समुह नै थियो । उनैले सहमति भइसकेको खुलासा गरिरहँदा एकीकरण घोषणाको उपयुक्त मिति ५ मे नै रहेको अध्यक्षद्वयको निक्र्यौल भएको दुवैका सचिवालय स्रोतहरूले जनाएका छन् ।

    सो दिन एकीकरण घोषणा भएपछि नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री मोदीसँग सरकारमा बहुमतप्राप्त एउटै पार्टीका नेताहरूको भेटघाट हुनेछ ।

    ‘नेपाली राजनीतिको केन्द्रमा भारतले प्रत्यक्ष चलखेल गरिरहेको छ भन्ने भ्रम बाँकी नरहनेगरी एकता हुन लागेको छ । बहुमत प्राप्त एउटै पार्टीको सरकार रहेपछि मोदीको भ्रमण तयारीका लागि आउने भारतीय एजेन्सीका अधिकारीहरूलाई पनि चलखेल गर्ने मौका मिल्ने छैन’, उच्च स्रोतले भन्यो ।

    लेलिन जयन्तीका दिन व्यानर र नामका विषयमा माओवादीले आपत्ति जनाएउँदा लामो समय कार्यक्रम सञ्चालन हुन सकेको थिएन । तर दुई अध्यक्षले मात्र सम्बोधन गरेको कार्यक्रममा प्रचण्डले ‘ओली र प्रचण्डले नचाहे पनि एकता भएरै छाड्ने’ बताउँदै कसैले थाहा नपाएको समयमा एकीकरण घोषणा हुने बताएका थिए ।

    उता प्रधानमन्त्री ओलीले भने वाम एकताका लागि निक्कै चुनौति उठाएर अघि बढेका कारणले अब यसलाई भाँड्छु भन्ने शक्तिले मुख नमिठ्याउन सुझाव दिँदै भनेका थिए,‘पार्टी एकता मेलामा लगाएको मित होइन, विर्सिने पत्तो नपाउने ।’

    घोषणामात्र बाँकी रहेको वाम एकताका लागि केही एमाले र केही माओवादीको पक्षबाट सम्झौता भइसकेको संकेत गरेका प्रधानमन्त्री ओलीले नमिलेका विषयमा पनि सहमति भइसकेको भने,‘जुत्तामा खुट्टा छिरेन भने अब ताछेर पनि साइजमा ल्याउनुपर्छ ।’

    करिब–करिब एकताका लागि सबै सहमति गरिसकेका दुई अध्यक्षको भेट विवादीत विषय सुल्झाउन होइन, नेता व्यवस्थापन र एकीकरण घोषणाको मिति र तयारीका विषयमा भएको छ ।

    एकता संयोजन समितिले २२ अप्रिल लेनिन जन्मजयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन एकीकरण घोषणा गर्ने संकेत गरेको थियो । तर त्यसो हुन नसकेपछि एकता घोषणा नयाँ मिति तय भएको हो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...