News Portal

  • भर्ना अभियान फेसबुक र संचारमाध्यममा छाउनका लागि होइन : मन्त्री पोखरेल

    इभक्तपुर संवाददाताभक्तपुर, १२ बैशाख
    ८५६ पटक
    भक्तपुर, १२ बैशाख

    ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ यतिबेला देशव्यापीरुपमा सरकारले भर्ना अभियान चलाइरहेको छ । भर्ना अभियानमा देखिएको सहभागीताले आफु उत्साहित भएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

    मन्त्री पोखरेल देशभर बिद्यालय भर्ना गराउने अभियानमा व्यस्त बनेका छन । उनले बच्चा भर्ना गर्नु भनेको फोटो खिचेर देखाउने मात्र काम नभएको जिकिर गर्दै बच्चाको अभिभावकत्व ग्रहण गर्ने कार्य भएको दावी गरेका छन् ।

    “बच्चा भर्ना गर्नु भनेकाे फेसबुक र संचारमाध्यममा आउनु मात्रै हैन, उनीहरुको अभिभावकत्व लिएर एक असल अभिभावक बन्दै शैक्षिक संरक्षण दिनु पनि हो ।” मन्त्री पोखरेलले इभक्तपुरसंग भने ।

    उनले यो अभियान बिद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको असल अभिभावक बन्दै उनीहरुलाई विद्यालयको पहुँचमा पुर्याउने महान कार्य भएको भन्दै यस अभियानमा साथ् दिनेहरु प्रति आभार समेत व्यक्त गरेका छन ।

    २०६१ सालदेखि शिक्षा मन्त्रालयले भर्ना अभियान शुरु गरेको भएतापनि अझै करीब ३ प्रतिसत प्राथमिक तह पढ्ने उमेरका बालबालिका विद्यालयको आगनसम्म आउन सकेका छैनन । संख्यामा भन्नुपर्दा गतबर्ष पनि प्राथमिक उमेर समूहका ८८ हजार २ सय ७ बालबालिकाले विद्यालयको आगन टेक्न पाएका छैनन् ।

    बर्तमान सरकार यस्ता विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई बिद्यालय भर्ना गर्न सक्दो प्रयासमा जुटेको छ । पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन सरकारले विशेष योजना बनाएको छ ।

    ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ यतिबेला देशव्यापीरुपमा सरकारले भर्ना अभियान चलाइरहेको छ । सरकारको एकल प्रयासले मात्र नहुने भन्दै आम नागरीकलाई नै बिद्यालयसम्म पहुँच नपुगेका बालबालिकालाई बिद्यालय प्रवेश गराउन आह्वान गर्दै संचालित यो अभियान यतिबेला सरकारसंग मात्र नभई आम नागरिकसंग जोडिन पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...