News Portal

  • नौ हजार नपालीलाई ट्रम्प प्रशाशनले निकाल्न लागेको वासिङ्टन् पोस्ट्को खुलासा

    इभक्तपुर संवाददाताभक्तपुर, १४ बैशाख
    १५०० पटक
    भक्तपुर, १४ बैशाख

    अमेरिकाले उपलब्ध गराएको टीपीएस (टेम्पोररी प्रोटेक्टस स्टाटस) सुबिधा अनुसार अमेरिकामा बस्दै आएका नेपाली स्वदेश फर्कनुपर्ने भएको छ । यो सुबिधा लिएर अमेरिका रहेका करिब नौ हजार नेपाली स्वदेश फर्कनु पर्ने भएको हो ।

    नेपालमा भूकम्प गएपछि अमेरिकामा बसोबास गर्दै आएका कागजपत्रविहीन १५ हजार नेपालीमध्ये करिब नौ हजारलाई अमेरिकी सरकारले टीपीएसमार्फत सहुलियतस्वरूप काम गर्ने अस्थायी अनुमति (वर्क परमिट) प्रदान गरेको र अब त्यो खारेज हुने समाचार वासिङ्टन पोस्टमा प्रकाशित भएको छ ।

    ट्रम्प प्रशासनले यसअघि नै साल्भाडोर, निकारागुवा, होन्डुरस, हैटी र सुडानका नागरिकलाई दिएको यस्तो सहुलियत हटाइसकेको र नेपालीको हकमा २०१९ को जुन २४ देखि यो सुबिधा रद्द हुने समाचारमा बताइएको छ ।

    होमल्यान्ड सेक्युरिटीका सचिव क्रिस्टेन निएल्सनको भनाइ उद्घृत गर्दै वासिङ्टन पोस्टले नेपालीलाई थप एक वर्षसम्म अर्थात् २०१९ को जुनसम्म मात्रै अमेरिकामा बस्न इजाजत दिइने जनाएको छ ।

    विपतमा परेका देशका मानिसलाई राहत स्वरुप ल्याइएको टीपीएसको अवधारणाको ट्रम्प प्रशासन बिपक्षमा देखिएको छ । अस्थायी किसिमको टीपीएस सुविधा प्राप्त गरेका सबै देशका नागरिकको यो सुविधा पूर्ण रूपले हटाउने तयारी अमेरिकी प्रशाशनले गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...