News Portal

  • हौसिदै प्रचण्डले भने, ‘ पार्टीका अधिकांश नेताहरु शिक्षक पृष्ठभूमिबाटै आएका हाैं ।’

    इभक्तपुर संवाददाताकाठमाडौं, १४ बैशाख
    १०६१ पटक
    काठमाडौं, १४ बैशाख

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताएका छन । शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले निरंकुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकहरुको ठूलो त्याग र बलिदान भएको बताए । नेपाल अब राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटो तर्फ लम्किएको उनको भनाई थियो ।

    विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९ औं विश्व सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले अध्यक्षलाई भेट गरेका हुन् ।

    अध्यक्ष प्रचण्डले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताए । आफू शिक्षक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिबाटै आउनुभएको छ ।’

    विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले नेपालमा शिक्षकहरुको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताइन । खानमले अध्यक्ष भनिन्, ‘हामी सम्पूर्ण शिक्षकहरुका लागि तपाई आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत हो ।’ उनले अध्यक्ष प्रचण्डले देखाएको सद्भावप्रति आभार प्रकट पनि गरिन् ।

    साम्राज्यवाद विरोधी शिक्षकहरुको उक्त संगठनका ६ जना प्रतिनिधि भेटघाटमा सहभागी थिए । जसमा १ जना नेपालका, ३ जना भारतका र २ जना बंगलादेशका प्रतिनिधि रहेका थिए । भेटमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी लगायत शिक्षकहरुको पनि प्रतिनिधित्व थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठन विश्व शिक्षक संगठनमा आवद्ध शिक्षक संगठन हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...