News Portal

  • स्वास्थ्य संस्था भित्रै सहन नसकीने जातिय बिभेद,

    बैशाख १४
    ७३४ पटक
    बैशाख १४

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ कालागाउँ की वर्षा सुनार लोक सेवा पास गरी अनमीमा नाम निकालेर जागिर खान पहिलो पटक लमजुङ आइ पुगिन् । २०७२ माघ १५ मा नियुक्ति लिएकी सुनारको कार्यालय राइनास नगरपालिकाको मोहोरिया कोट स्वास्थ्यचौकी थियो। नौडाँडा काटेर बिरामीको सेवाका लागि आएकी उनको सेवा सुरुवात नै नमिठो बन्यो।

    ‘ग्रामीण भूगोल थियो, दुर्गम ठाउँमा बसेर सेवा गर्न पाउँदा निकै खुसी लागेको थियो’, सुनारले भनिन्, ‘तर, गाउँमा दलित भनेर कतै पनि बस्न दिएनन्। कोठा खोज्न गाउँ पूरै चहारें कतै कसैले बस्नै दिएनन्। दलित भनेर अपहेलित भएको पहिलोपटक अनुभव गरें।

    २३ वर्षीया सुनारमाथि भेदभावको शृंखला यतिमै रोकिएन्। गाउँमा दलित भएकै कारण कोठा नपाएकी उनले कार्यालय कै क्वार्टरमा बस्दा पनि छोइ छिटो सहनुप¥यो। ‘गाउँभरि कोठा नपाएपछि कार्यालय कै क्वार्टरमा बस्न थालें’, सुनारले भनिन्, ‘क्वार्टरमा सँगै काम गर्ने अकला देवी अधिकारी हुनुहुन्थ्यो, उहाँले पनि भेदभाव गर्नुभयो।’ अधिकारीले पानी छुन नदिने, छोइन्छ भनेर झ्यालबाट आउजाउ गर्ने जस्ता व्यवहार देखाएको सुनारले बताइन्। ‘मेरै कोठा भएर उहाँको कोठा जाने बाटो थियो’, सुनारले भनिन्, ‘छोइन्छ भनेर मेरो कोठाको कार्पेट निकाल्न लगाउनु भयो। पानी पनि झ्यालबाट ओसार्ने, भाँडा भित्रै माझ्ने जस्ता व्यवहार गर्नुभयो।’

    मोहोरियाकोट स्वास्थ्यचौकी भित्रै भएको छुवाछुतको घटना जिल्ला जन स्वास्थ्य कार्यालय सम्म पुग्यो। सुनारकै आग्रहमा उनलाई धमि लिकुवा स्वास्थ्यचौकी सरुवा गरियो। त्यहाँ पनि उनले दलित भएकै कारण दुव्र्यवहार सहनुप¥यो । ‘२०७३ माघ पहिलो साता धमिलिकुवा स्वास्थ्य चौकी पुगें, यो ठाउँमा अलि शिक्षित मान्छे बसेकाजस्तो लाग्थ्यो’, सुनारले भनिन्, ‘यहाँ पनि कार्यालय भित्रै छुवाछुत हुन थाल्यो।’

    गाउँघरको एकआपसको सामाजिक सद्भाव र एकतामा विभेदको विषयले ठूलो खलल आएको स्थानीय अमरबहादुर श्रीषले बताए । एक साताअघि धमिलिकुवा स्वास्थ्य चौकीमा कार्यरत अन्य दलित स्वास्थ्यकर्मी तथा कर्मचारी माथि छुवाछुतको घटना दोहोरिएपछि सबै घटना बाहिर आएका हुन्। स्वास्थ्यचौकीका इन्चार्ज राजेश दुलाल, अनमी सुनार र कार्यालय सहयोगी अप्सरा नेपालीलाई अरू कर्मचारीले छुवाछुतको व्यवहार देखाएका हुन्।

    ‘कार्यालयका ८ जना कर्मचारीमध्ये तीन जना दलित छौं’, स्वास्थ्य चौकी इन्चार्ज दुलालले भने, ‘अन्य कर्मचारीले हामीमाथि भेदभाव गर्छन्। कहिले पानी छोइयो भन्छन्, कहिले खाजा छोइयो भन्छन्।’ आफूहरूमाथि दुव्र्यवहार भएपछि नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएको उनले बताए।राइनास ६ निवासी अप्सराले कार्यालय सहयोगीमा जागिर खाएको तीन महिना बित्यो।

    उनले पनि ठूला कर्मचारीभन्दा धेरै दुव्र्यवहार सहनुपरेको छ। ‘न महिना भयो काम गर्न थालेको’, नेपालीले भनिन्, ‘पानी भरेर दियो खाँदैनन्, खाजा बनायो खाँदैनन्, भोलि भैंसीको मासु, सुँगुरको मासु ल्याएर खा भनिस् भने के गर्ने ? दलितले छोएको खाएको देखेको छेस् भनेर उल्टै हप्काउँछन्।’

    कार्यालयमा भएको दुव्र्यवहारबारे गुनासो गर्दा नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख देवबहादुर अधिकारीले चासो नदिएको पीडितहरूको आरोप छ। अधिकारी पीडकको पक्षमा लागेको पीडितले आरोप लगाए। तर, अधिकारीले भने आफूले त्यस्तो व्यवहार नगरेको बताएका छन्। ‘कसैले म खाजा खान्नँ भन्न पाउने उसको अधिकार हो।

    तर, छोएकै कारण खान्नँ भन्न र खा भन्न पाइन्न भनेको मात्र हुँ। यस विषयमा छानबिन गर्ने भनेकै छु’, अधिकारीले भने।नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक धनकुमारी गुरुङले निवेदनउपर छलफल गर्ने तयारी भइरहेको बताइन्। ‘कार्यालयमा छुवाछुत भएको भनी उजुरी आएको छ’, उनले भनिन्, ‘टना के हो, को–को संलग्न छन्, सबैलाई बोलाएर छलफल गर्ने तयारीमा छु।’ उनले आइतबारै छलफल राख्ने तयारी गरिए पनि पीडित पक्ष नआएकाले रोकिएको बताइन्।

    यता दलित अधिकारकर्मीहरूले भने छुवाछुत तथा दुव्र्यवहार गर्नेहरूमाथि कारवाही हुनुपर्ने आवाज उठाएका छन्। आइतबार सदरमुकाम बेंसीसहरमा पत्रकार भेटघाट गरी उनीहरूले पीडकमाथि कारवाही हुन नसक्दा समाजबाट यस्ता घटना हट्न नसकेको गुनासो गरे। दलित मुक्तिमोर्चाका अध्यक्ष देवबहादुर गहतराजले भने, ‘यो हामी सबै दलितमाथिको घटना हो। यस्ता घटनाविरुद्ध सबै एकजुट भएर लड्नुपर्छ।’ राइनास नगरभित्र दलित सञ्जालका संयोजक शंकर उपरकोटीले दलितमाथिको दुव्र्यवहार नहट्दासम्म देशमा विकास र समृृद्धि आउन नसक्ने बताए।

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...