News Portal

  • दुई नम्बरका पत्रकारलाई इजेजीको अभिमुखीकरण

    प्रेमनाथ पाैडेलजनकपुर, १५ बैशाख
    ८८५ पटक
    जनकपुर, १५ बैशाख

    धनुषाको जनकपुरमा प्रदेश नम्बर २ भित्र कार्यरत पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम भएको छ । शिक्षा पत्रकार समूहको आयोजना तथा आसमान नेपाल र सिजप नेपालको सहयोगमा कार्यक्रम  गरिएको हो ।

    देशमा लोकतन्त्र र गणतन्त्र आई सक्दा पनि बिद्यालय र बालबालिका सुरक्षित नभएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र कसरी बनाउने भन्ने बिषयमा कार्यक्रम केन्द्रित रहेको छ । त्यसमा रहेका चुनौती र र हाल सम्म देशमा भएका प्रयास र उपलब्धीको बारेमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको आयोजकले इभक्तपुरसंग भनेको छ ।

    यस प्रदेशका बालबालिका र बिद्यालय अझै पनि संबेदनशील अबस्थामा रहेका र यहा अझै १ लाख ५३ हजार बालबालिका बिद्यालय बाहिर रहेको कार्यक्रममा जानकारी गराईएको छ । यो संख्या सातै प्रदेश मध्य उच्च हो ।

    शिक्षा पत्रकार समूहका वरिष्ठ पत्रकार रामशरण सेढाई ,सिजप नेपालकी अध्यक्ष रोचना सुब्बा ,निबर्तमान अध्यक्ष दिपकराज दाहल, आसमान नेपालका श्यामकृष्ण मण्डल , विश्व शिक्षाका सुशील कुमार यादबले सहजिकरण गरिरहेको कार्यक्रम आइतवारसम्म चल्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...