News Portal

  • विद्यालयको बिजोग : बोरा ओच्छ्याएर पढ्छन् विद्यार्थी,विद्यार्थीसंगै बस्छ भैसी

    इभक्तपुर संवाददातामहोत्तरी, १६ बैशाख
    १०५२ पटक
    महोत्तरी, १६ बैशाख

    न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको

    जनता आधारभूत विद्यालयको हो । यो विद्यालय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल निर्वाचित भएको क्षेत्रमा पर्छ । यस्तै दुई पटक संविधानसभा सदस्य र अहिले प्रदेश सांसदमा निर्वाचित माओवादी केन्द्रका नेता भरतप्रसाद साहको पनि गाउँ हो यो । प्रतिनिधिसभा सांसद दिलकुमारी साहको गाउँ पनि यही हो ।

    गाईभैंसी, बाख्रा बाँध्ने गोठनजिकै एकै ठाउँमा बसेर कखरा पढ्छन् विद्यार्थी । झट्ट हेर्दा गोईभैंसीको गोठ हो कि विद्यालय खुुट्ट्याउनै मुस्किल पर्छ । आजको अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ ।

    फूलकाहाको दलित मुसहर बस्तीमा ०६६ सालमा जनता आधारभूत विद्यालय खोलिएको हो । मुसहर बस्तीको सामुदायिक भवनलाई देखाएर विद्यालय दर्ता गरिएको थियो ।

    विद्यालयको नाममा एक धुर पनि जग्गा छैन । कक्षाकोठा पनि छैन । भौतिक संरचनाबिनै जिल्ला शिक्षा कार्यालय महोत्तरीले विद्यालय सञ्चालन अनुमति दियो ।

    विद्यालय खुलेको ९ वर्ष बितेको छ । एउटा टेबल, दुई थान कुर्सी र एउटा ब्ल्याक बोर्ड मात्रै छ विद्यालयको सम्पत्ति । ब्ल्याकबोर्ड पनि फुटेर प्लाई उक्किसकेको छ ।

    मुसहर बस्तीको बीचमा गाउँलेको सामूहिक घर (दलान) मा बालबालिका राखेर पढाइन्छ । शिशु, एक र दुई कक्षाको पढाइ एकै ठाउँमा हुन्छ । दलानमा मुस्किलले ३० जना पढ्न सक्छन् । सबै विद्यार्थी आएका दिन बाहिरै बसेर पढ्नुपर्ने बाध्यता छ । दलानअगाडि गाईवस्तुको गोठ छ । त्यसकै नजिक बालबालिका राखेर पढाइन्छ । ‘दलानको छानो जीर्ण छ । छानोको टायल फुटेकाले छ्याङ आकाश देखिन्छ । बोरा ओछ्याएर १२ महिनै भुइँमा बसेर पढ्नुपर्छ । बर्खामा पानी चुहिन्छ । गर्मीमा त दुःख-सुख पढ्छन् तर जाडोमा शीतलहरले पढ्न सक्दैनन् बालबालिका’, शिक्षिका सीतादेवी झाले भनिन् । दलानको छानोबाट पानी छुहिएर विद्यार्थीको कापी-किताब भिज्ने गरेको उनले बताइन् ।

    गाउँको विवाह, मुडन, मरनहरन भए दलानकै छेउको गोठअगाडि भोजभतेर हुन्छ । बरातीको बास पनि दलानमै हुन्छ । भोज पकाउने भाँडाकँुडा थन्क्याउने ठाउँ पनि सामाजिक भवनै हो । ६ महिना मुसहर बस्तीका बालबालिका विद्यालय भवन नहुँदा पढ्न पाउँदैनन् । ६ महिनामा विद्यालयमा पढाइ भए पनि नियमित आउने बानी उनीहरूको छैन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...