News Portal

  • असिनाले बिउ समेत राखेन,किसानहरु चिन्तीत

    जाजरकोट, वैशाख १९ 
    ८४५ पटक
    जाजरकोट, वैशाख १९ 

    गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जंगलमा रहेको काफललगायतमा क्षति भएको बारेकोट गाउँपालिका–५ का स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिनुभयो । गहुँ पाकेर भित्र्याउन ठिक्क भएका किसान असिनाले क्षति बनाएपछि किसान पीडामा रहेको शाहीको भनाइ छ । बारेकोट गाउँपालिकाका करीब पाँच हजार घरधुरीले लगाएको गहुँ र तरकारी बालीमा क्षति भएको हो ।

    वर्षेनि खाद्य संकट पर्ने यो क्षेत्रमा यो पटक भित्र्याउन ठिक्क भएको अवस्था रहेको गहुँमा क्षति भएपछि किसान खाद्य अभावको चिन्तामा परेका छन् । वर्षे बाली भण्डारण गरेको अन्न सकिएको र नयाँ अन्न असिनाले नष्ट गरेपछि यहाँका किसान मर्कामा परेका हुन् ।

    अहिलेसम्मकै ठूलो असिना परेको कुशे गाउँपालिकाका स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । कुशेका केही क्षेत्रमा मात्र गहुँबालीमा क्षति भएको स्थानीयले बताएका छन् । थापाका अनुसार गहुँको नल समेत असिनाले बाँकी राखेको छैन । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले क्षतिको समाचारले आफू निकै चिन्तित भएको बताउनुभयो ।

    स्थानीय बजारमा खाद्यान्न नपाइने र नेपाल खाद्य संस्थानको घाट डिपोमा चामल नभएका कारण समस्या भएको स्थानीयवासीको गुनासो छ । असिनाकै कारण बारेकोटकै चौथारी पाटनमा ४० भन्दा बढी भेडा मरेको किसानले जानकारी दिएका छन् ।

    जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा वन मन्त्री शक्तिबहादुर बस्नेतले असिनाले गहुँमा पारेको क्षतिका विषयमा चिन्तित भएको बताउँदै खाद्य संकट टार्न पहल गरिने बताउनुभयो । क्षतिको विवरण लिन स्थानीय गाउँपालिका र प्रशासनलाई निर्देशन दिइएको र विवरण आउने बित्तिकै राहत प्याकेजका लागि गृहकार्य हुने उहाँको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...