News Portal

  • शे-फ़ोकशुण्डो रास्ट्रिय निकुञ्जमा हिउँ चितुवा गणना सुरु

    रामचन्द्र न्यौपाने,डोल्पाबैशाख १९
    १२०४ पटक
    बैशाख १९

     

     

    नेपालकै सबैभन्दा ठूलो निकुञ्ज शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा विश्व मै लोपोन्मुख बन्यजन्तु हिउँ चितुवाको गणना सुरु गरिएको छ ।

    विश्व बन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्जले गणना सुरु गरेको हो । विश्व बन्यजन्तु कोष, शे फोक्सुन्डो निकुञ्ज, हिउँ चितुवा संरक्षण समितिसहित ३३ जनाको अध्ययन टोली १३ वैशाखमा निकुञ्ज कार्यालय सुलिगाडबाट बनतर्फ हिँडिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेब चौधरीले बताए ।

    उनका अनुसार “अध्ययन टोलीले एक महिना लगाएर हि“उ चितुवाको गणना गर्नेछ । क्यामरा ट्रयाप र दोहोरो गणना बिधिद्धारा गणना गरिनेछ, हिउँ चितुवासँगै आहारा प्रजातिको रुपमा रहेको निल भेडा (नावर) समेत गणना गरिने उनले बताए । अध्ययन टोलीले २२ वैशाखमा हिउँ चितुवा र नावर पाईने विभिन्न स्थानहरुमा क्यामेरा राखेर अध्ययन सुरु गर्ने प्रमुख संरक्षण अधिकृत चौधरीले जानकारी दिए ।

    एक महिना अवधि लगाएर गरिने गणनामा लोपोन्मुख बन्यजन्तु हिउँ चितुवाको संख्यात्मक रुपले बढेको वा घटेको बारेमा टोलीले अध्ययन प्रतिवेदन तयार पारि काठमाडौं फर्के पछि सार्वजनिक गरिने छ । शे -फोक्सुण्डो राष्ट्रिय निकुन्ज संरक्षण बन क्षेत्र लोपोन्मुख बन्य जन्तु हिउँ चितुवा धेरै पाइने स्थानमा पर्दछ ।

    विश्वमा नै हिउँ चितुवाको घनत्व सबैभन्दा बढी भएको क्षेत्र शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जको लंगु उपत्यका रहेको निकुन्जले तयार पारेको बार्षिक प्रतिबेदन २०७०/०७१ मा उल्लेख गरेको छ ।निकुन्जको उक्त बार्षिक प्रतिवेदनका अनुसार शे- फोक्सुण्डो निकञ्ज बन क्षेत्रमा एक सय तीसको संख्यामा हिउँ चितुवा रहेको र यो संख्या नेपालका निकुन्जहरु मध्येमा सबैभन्दा बढी संख्या हो ।

    नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्जको शे फोक्सुण्डो निकुन्जमा हिउँ चितुवा, कस्तुरी, मृग जस्ता अत्यन्तै दुर्लभ बन्य जन्तुहरु लगायत ३२ प्रजातिका स्तनधारी, २०० भन्दा बढी प्रजातीका चराहरु २८ प्रजातिका पुतली, ६ प्रजातिका घस्रने जीवहरु र विभिन्न ४१७ प्रजातिका बनस्पतिहरुको आश्रम स्थलको रुपमा समेत शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज परिचित छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३...

    सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले...

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको...

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा ‘प्रतिबन्ध’ प्रकाशन तथा पुरस्कार वितरण

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा...

    भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्थाहरुमा नयाँ प्राचार्य नियुक्त

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज...