News Portal

  • कमिसनको चक्करले सर्लाहीका अभिभावकलाई सास्ती : सरोकारवाला सुतेको सुत्यै

    प्रेमनाथ पाैडेलसर्लाही, १९ बैशाख
    १०२६ पटक
    सर्लाही, १९ बैशाख

    निजी विद्यालयको पाठ्यपुस्तकमा भईरहेको कमिशनको खेलले गर्दा अभिभावकहरु मारमा परेका छन् । कमिशनको लागि विद्यालयहरुले हरेक वर्ष नर्सरी देखी कक्षा १० सम्मको पाठ्यपुस्तक फेर्ने गरेको अभिभावकहरुको गुनासो छ ।
    विद्यालय र पुस्तक विक्रेताहरुले पुस्तकमा उल्लेख गरिएको मूल्यको २५ देखी ४० प्रतिशत सम्म कमिशन लिने गरेको स्रोतले दावी गरेको छ । जबकी अभिभावकहरुलाई बढीमा १० प्रतिशतसम्म मात्र छुट दिइएको छ ।

    सर्लाहीमा २५ देखी ३० वटा सम्म राष्ट्रिय स्तरका प्रकाशकका पाठ्यपुस्तक विक्री वितरण हुँदै आएको पाइन्छ । प्रकाशकले पुस्तक लगाइदिए बापत विद्यालयलाई मोटो रकम दिने गरेको पनि श्रोतको दावी छ ।
    हरिवन – ११ का एक स्थानीय व्यापारी जोतनारायण रौनियारले प्रत्येक वर्ष हुने पाठ्यपुस्तक परिवर्तनले अभिभावकहरुलाई आर्थिक भार थपिएको स्वीकार गरेका छन् । वर्षैपिच्छे पाठ्यपुस्तक परिबर्तन हुदाँ मध्यमवर्गिय अभिभावकलाई आर्थिक भार परेको उनको तर्क छ ।

    शैक्षिक सत्रको शुरुमा निजी विद्यालयहरुको भर्ना शुल्क , बार्षिक शुल्क लगायतले ढाड सेखिएका मध्यमवर्गीय अभिभावकलाई महँगो पाठ्यपुस्तक अर्को टाउको दुखाइको बिषय बनेको छ ।

    पाठ्यपुस्तक फ़ेरिएकाले पुरानाले काम चलाउन पनि नसकिएको प्रति एक अभिभावकले दुख व्यक्त गरे ।
    पाठ्यपुस्तकमा हुने कमिशनको चलखेलले अभिभावकको ढाँड नै सेकिरहेको भन्दै उनले दुखेसो पोखे ।

    पुस्तक बिक्रेताहरुको पनि कथा बेग्लै छ । उनीहरुका अनुसार पुस्तकहरु जतिसुकै गुणस्तरिय र राम्रा भएपनि कमिशन नदिए सम्म ती पुस्तकहरु निजी विद्यालयहरु लागू गर्न मान्दैनन् र त्यसकै कारण पनि बाध्य भएर प्रकाशन गृहहरुले बिद्यालयलाई कमिशन बाड्नुपरेको पुस्तक बिक्रेताहरुको कथन छ ।

    कमिसन दिएपछि मूल्य पनि स्वत: बढ्ने नै भयो , लालबन्दी-३ नवलपुरका एक स्टेसनरी पसलका संचालकले बताए । पब्लिकेसन्स हाउसले पुस्तकको मूल्यको २५ देखी ३५ प्रतिशत कमिसन निजी विद्यालयहरुले माँग गर्ने गरेको नाम नबताउने शर्तमा उनले खुलासा गरे ।

    उता निजी विद्यालयका संचालकहरुले भने अभिभावक अथवा विद्यार्थीले आफ्नो इच्छा अनुसारको पसलबाट पुस्तक खरिद गर्न सक्ने भएकाले कमिशनको कुरै नरहेको दावी गरेका छन् ।मुलुकको समाजिक तथा राजनीतिक परिवेश वर्षैपिच्छे फेरिने भएकोले विषयवस्तु पनी समय सँगै फेर्नु पर्ने बाध्यता रहेको उनीहरुको जिकिर छ ।
    सर्लाहीका प्रायजसो निजी विद्यालयहरुले पुस्तक विक्रेताहरुसँग कमिशन लिएर पुस्तक विक्री वितरण गराईरहेको थाहाँ पाउँदा पाउँदै पनि वर्षौदेखी सरोकारवाला निकाय मुक दर्शक बनेर बसेको छ ।

    हरेक वर्ष निजी विद्लयालयहरुमा चल्ने भर्नाले संचालकहरुको खल्ती मजैले भरिन्छ । प्रकाशन गृहले पाठ्यपुस्तक लगाइदिएबापत र पुस्तक पसलले पाठ्यपुस्तक बेच्न दिएवापत दिने कमिसनले , बिद्यालयका संचालक र शिक्षकहरुको समेत मोटो रकम कमाइ हुने गरेको बिगत ७-८ वर्ष देखि मलंगवा स्थित एक निजी स्कुलमा मावि तहमा आध्यापन गराउँदै आइरेका एक शिक्षकले इभक्तपुरलाई जानकारी दिए ।

    कमिसनखोरी प्रथालाई समाजबाट निर्मुल पार्न त्यस्ता विद्यालय र पुस्तक पसलहरु उपर तत्काल कारवाहीको आवश्यकता रहेको सरोकारवालाहरुले सुनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...