News Portal

  • यी हुन् डीआइजीको दौडमा दौडनेहरु

    इभक्तपुर संवाददाता
    ८९२ पटक

    शसस्त्र प्रहरी बलभित्र एसएसपीबाट डिआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

    शसस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागी लविङमा छन् । शसस्त्र प्रहरीमा ७ वटा रिक्त डिआइजी पदमा ११ जना एसएसपी बढुवाको सुचीमा रहेका छन् । यसमा आफु निकटलाई पहिलो बनाउन संगठनभित्र चलखेल सुरु भएको छ ।

    स्रोतले दिएको जानकारी अनुसार गृहमन्त्रालयले रोकिएको सरुवा–बढुवा अघि बढाउन निर्देशन दिएसंगै संगठन प्रमुख शैलेन्द्र खनाल बढुवाको तयारीमा जुटेका छन् ।

    बढुवा सुचीमा पर्नेमा प्रजा भक्त, संजय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायण दत्त पौडेल, गोविन्द क्षेत्री, सीपी गौतम, हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रहमाचार्य र राजेन्द्र बस्नेत छन् ।

    यी मध्ये सबैको एसएसपीमा बढुवा भएको मिति भने फरक–फरक छ । एसएसपीहरु प्रजा भक्त, संजय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल र नारायण दत्त पौडेल २०७० साल जेठ दुई गते बढुवा भएका थिए भने सीपी गौतम र गोविन्द्र क्षेत्री २०७० साल साउन २ गते बढुवा भएका थिए । त्यसैगरी एसएसपीहरु हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रहमाचार्य र राजेन्द्र बस्नेत भने २०७१ साल पुष २१ गते एसएसपीमा बढुवा भएका थिए ।

    यी मध्ये प्रजा भक्त प्राविधिक इन्जिनियर हुन् भने उनको कार्यसम्पादन समेत सन्तोषजनक छैन् । सशस्त्रमा प्राविधिक अधिकृत नै संगठनको प्रमुख भएकाले उनि पनि बढुवाको सूचीमा छन् । यसैगरि संजय राणा आइए पास मात्र छन् । शसस्त्रको नियमावली अनुसार डिआइजी पदको लागि बिए पास अनिवार्य चाहिन्छ । यस हिसावले उनी डिआइजीको लागि योग्य उम्मेदवार होइनन् । तर पनि उनी प्रतिस्पर्धाको मैदानमा छन् । राणा सेनाबाट सशस्त्रमा आएका सिनियर अधिकारी हुन् । राणाले अहिले एआईजी रहेका सशस्त्रका अधिकारीभन्दा पहिले नै सेवा प्रवेश गरेका थिए ।

    एसएसपी भरत श्रेष्ठ नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् । उनले पनि आइए मात्र पास गरेका छन् । यस हिसावले उनी पनि योग्य उम्मेदवार होइनन् । एसएसपीहरु गोविन्द क्षेत्री, भरत श्रेष्ठ र सञ्जय राणा तीनै जना सेनाको २९ बेसिकका अधिकृत हुन् ।

    बढुवाको सूचीमा रहेका नारायणदत्त भने शसस्त्रमा राम्रो छवि भएका अधिकारी मानिदैनन् । नारायण पुर्वको बराह बाहिनीमा हुँदा चेन अफ कमाण्ड बे्रेक गरेको आरोपमा उनी कार्वाहीमा परेका थिए । पौडेलमाथी रेकर्डमा जनाउने गरी कार्वाही भएको थियो । एसएसपी पौडेललाई ककनीको शसस्त्रको तालिम केन्द्रमा प्रमुख हुँदा विदा छाडेर रासनमा अनियमितता गरेको अभियोगमा समेत लागेको थियो ।

    यिनै नारायणदत्तलाई अहिले आइजी शैलेन्द्र खनालले बढुवाको पहिलो नम्बरमा राख्ने कसरतमा जुटेका छन् । उनी नारायणदत्तलाई आफ्नो सचिवालयमा ल्याउन चाहन्छन् । यद्यपी बढुवा प्रकृया सुरु भएको छैन तर आफु निकट नारायणदत्तलाई पहिलो नम्बरको डिआइजी बनाएर सचिवालयमा तान्ने उनको योजना रहेको छ । बढुवाको दौडमा रहेका एसएसपी राजु अर्याल व्यवसायक अधिकृत मानिन्छन् । उनि आफ्नो ब्याचमा समेत एक नम्बरमा रहेका छन् ।

    यी मध्ये केही राम्रा उम्मेदवार पनि छन् जो साँच्चैकै डिआइजी पदको लागि योग्य छन् । तर, आइजी निकट नहुँदा उनीहरु पछाडी परेका छन् । योग्य उम्मेदवार हुँदा हुँदै आरोप लागेका र राम्रो छवि नबनाएका उम्मेदवार पौडेल बढुवाको लागी अहिले शक्तिकेन्द्र धाइरहेको स्रोतको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...