News Portal

  • पत्रकार महासंघ २ नम्वर प्रदेश निर्वाचनमा दीपेन्द्रको नेतृत्वमा पूरै प्यानल विजयी

    प्रेमनाथ पाैडेलजनकपुर, २३ बैशाख
    १५०३ पटक
    जनकपुर, २३ बैशाख

    २ नम्बर प्रदेशमा नेपाल पत्रकार महासंघको निर्वाचनमा सम्पन्न भएको छ । निर्वाचनबाट दीपेन्द्र चौहान नेतृत्वको प्यानल विजयी भएको छ ।
    नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धन बनाएर चौहानको नेतृत्वमा रहेको टीम बिजयी भएको हो ।
    अध्यक्ष पदमा चौहानले ३४४ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी मधेशवादी संगठनका वीरेन्द्र रमणले २४७ र अर्का उम्मेदवार विजय कुशवाहाले ११७ मत मात्र प्राप्त गरे ।

    ८४५ मतदाता रहेको यस प्रदेशमा शनिवार सम्पन्न निर्वाचनमा ७२५ मत खसेको थियो ।

    उपाध्यक्षमा केसी लामिछाने ४६४, महिला उपाध्यक्षमा रिंकु मिश्र गायत्रीले ४११, महासचिवमा किरण कर्णले ४१९, खुला सचिवमा गुरुप्रसाद गौतमले ४२९, समावेशी सचिवमा रामनारायण विश्वासले ४३०, कोषाध्यक्षमा प्रवीण साह ४०१ मतका साथ विजयी भएका छन ।

    खुला सदस्यहरुमा भोजराज भट्टराई, धिरेन्द्र राय , अजितकुमार सिंह , शैलेन्द्र झा , राजनकुमार सिंह , आदिवासी जनजाति सदस्यमा जीतलाल श्रेष्ठ र जगत राई र मधेशी सदस्यमा अजयकुमार साह र वैद्यनाथ चौधरीले बाजी मारे ।

    महिला सदस्य विम्मी शर्मा, चन्दाकुमारी साह, ललिता साह त्यसैगरी दलित सदस्य सिकेन्द्र पासवान र अल्पसंख्यक सदस्य हदिश खुद्दार यस अघि नै निर्बिरोध बिजयी बनेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...