News Portal

  • सुतिरहेका युवकमाथि एसिड प्रहार

    इभक्तपुर संवाददाताचितवन, २४ बैसाख
    ६१९ पटक
    चितवन, २४ बैसाख

    चितवनमा एक युवकमाथि एसिड प्रहार भएको छ । भरतपुर महानगरपालिका- २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका छन् ।

    गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन् । घाइते महर्जनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । एसिड प्रहार गर्ने सुजित प्रहरीको नियन्त्रणमा छन् ।

    चितवनमा केही दिनअघि ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले त्रिचोकमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरी घाइते बनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...