News Portal

  • डोल्पाको चिप्ले भिरमा मृत्यु भएकाले दश–दश लाख क्षतीपुर्ती पाउने,घाईतेको सम्पुर्ण उपचार खर्च सेनाले ब्यहोर्ने

    रामचन्द्र न्यौपाने ,डोल्पा२६ बैशाख
    ७८५ पटक
    २६ बैशाख

    यहाँको त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने चिप्लेभिरमा मंगलबार पहिरो सँगै खसेको ढुङ्गा लागेर भिरबाट खस्नगई मृत्यु भएका दुईजना कामदारले प्रतिब्यक्ति दश–दश लाखका दरले क्षती पुर्ती पाउने भएका छन् ।
    जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणकालागि चिप्लेभिरमा काम गरिरहेको अवस्थामा अकस्मात पहिरोसँगै खसेको ढुङ्गा लागेर भिरबाट झन्डै एकसय मिटर तल ठुलीभेरीमा खसेर मृत्यु भएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका वडा नं १० बस्ने अन्दाजि बर्ष २१ का देब बहादुर चन्द र सोही नगरपालिका वडा नं १२ बस्ने अन्दाजी बर्ष २९ का अमृत रानामगरको परिवारलाई प्रतिब्यक्ति दश लाखका दरले राहत दिने सेनाले जनाएको छ ।
    नेपाली सेनाले सडक निर्माणकार्यमा संलग्न श्रमीक तथा गैर श्रमीक ब्यक्तिलाई पाँच देखि दश लाखसम्म बिमाको ब्यबस्था भई आएपनि मृतक दुई जनाको परिवारलाई दश–लाखका उपलब्ध गराउन पहल भईसकेको जाजरकोट डोल्पा निर्माणका कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जनकारी दिए ।
    मृतक दुईजनालाई जाजरकोट जिल्ला स्थित नलगाड नगरपालिकामा पर्ने दल्ली अस्पतालमा पोष्टमाडम गरि अन्तिम संस्कारकालागि शव परिवालाई बुझाई सकिएको सेनाले जनाएको छ ।
    मृतका परिवारलार्ई अन्तिम संस्कार खर्च सहयोग स्वरुप पैँतिस हजार रकम परिवारलाई सहयोग गरिएको सेनाले जनाएको छ ।
    पहिरोको ढुङ्गा लागेर घाईते भएका आठबिसकोट नगरपालिका वडा ९ का शक्ति बहादुर शाहीको उपचार भईरहेको र ंस्वास्थ्य स्थिती सामान्यहुँदै पारिवारिक स्रोतले जनाएको छ ।
    घाइते शाहीको उपचारमा लाग्ने सम्पुर्ण खर्च सेनाले ब्यहोर्ने कार्यदल प्रमुख पहाडीले बताए ।
    जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत खदाङ त्रिपुराकोट खण्डको तीन किलोमिटर सडकखण्ड अत्यन्तै कहालीलाग्दा भिर पहरायुक्त भएको र सडक निर्माण कार्यलाई तीब्रता दिईएकाले पैदल यात्रु तथा श्रमीकहरुलाई सावधानी अपनाउन समेत सेनाले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...