प्रदेश नम्बर २ का पर्यटन मन्त्री रामनरेश रायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनमा जनकपुरमा नअट्नेगरि मानिस उपस्थित हुने दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रममा उनले उक्त दावी गरेका हुन् ।
केन्द्रिय परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मोदीको नगर अभिनन्दन भनेकोमा पनि उनले आपत्ति प्रकट गरेका छन् । ”यो नगर अभिनन्दन होइन, नागरिक अभिनन्दन नै हो । हेर्नुहोला जनकपुरमै नअट्ने गरि जनता आउछन् ।” रायले जिकिर गरे ।
जनकपुरका एक स्थानीय नेताले भने मोदीको अभिनन्दनमा बढी सहभागिता देखाउन पारीबाट मानिसहरु ल्याउने तयारी रहेको जानकारी गराएका छन् । ” देशकै नेता आउदा नभरिने जनकपुर बिदेशी आउदा टनाटन हुन सक्दैन , बोर्डर पारीबाट मानिसहरु झिकाइदैछ ।” इभक्तपुरसंग उनले भने ।