News Portal

  • घिमिरे र श्रेष्ठको इजलासले फैसला उल्टाएपछि मेयर कुशवाहलाई जन्मकैद, काठमाडौंबाट समातिए

    इभक्तपुर संवाददाताभक्तपुर, २७ बैशाख
    ७०२ पटक
    भक्तपुर, २७ बैशाख

    हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर पक्राउ परेका छन् । रौतहट जिल्ला कटहरिया नगरपालिकाका हत्या आरोपी मेयर सियाराम कुशवाह (फिरोज) पक्राउ परेका हुन् ।

    तिवारीको हत्यामा दोषी ठहर भएका कुशवाहालाई सिआइबीको टोलीले काठमाडौंको तिनुकुने बाट पक्राउ गरेको छ। उनलाई जिल्ला अदालतले सफाई दिएको भएतापनि उच्च अदालतले दोषी ठहर गरेपछि पक्राउ गरिएको हो ।

    हिन्दु यूवा संघका संस्थापक काशिनाथ तिवारीको हत्यामा दोषी ठहर गर्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले कुशवाहलाई जन्मकैदको फैसला सुनाएको थियो ।

    पर्सा जिल्ला अदालतले कुशवाहालाई सफाई दिएपछि स्वर्गिय तिवारीकी श्रीमती बवितादेवि तिवारीले पुन जाहेरी दिएकी थिइन। उनकै जाहेरीका आधारमा उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जबाट दायर भएको पुनरावेदन उपर उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासका न्यायाधिशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयूक्त इजलासले गत फागुन २८ गते मेयर कुशवाहलाई जन्मकैदको फैसला गरेको थियो ।

    फैसलापछि बवितादेविले देशमा न्याय नमरेको र आफूले ढिलै भएपनि न्याय पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन् भने मेयर कुशवाहले आफूलाई अदालतको फैसलाबारे कुनै जानकारी नभएको बताएका थिए ।

    पर्सा जिल्ला अदालतबाट आफूले सफाई पाइसकेकोले र उच्च अदालतको फैसला चित्त नबुझे सर्वोच्च जाने बाटो खुल्ला भएको उनको बिश्वास थियो ।

    तर, दशवर्ष भन्दा बढि सजाय तोकिएका दोषीले मुद्दाको पूनरावेदन गर्नका लागि पनि थुनामै बस्नुपर्ने कानुनी व्यवस्था रहेकोले उनले थुनामै रहेर बाँकी सर्बोच्चको यात्रा तय गर्नुपर्ने भएको बताइएको छ ।

    हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगन्जको अशोकवाटिका स्थित शिवपार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।

    प्रहरीका अनुसार, मोटरसाइकलमा सवार भइ मन्दिरमा पुगेका सियाराम कुशवाहा र बाराको हरैयाका अमन प्रसाद कुशवाहा मध्ये सियारामले पेस्तोल चलाएर तिवारीको हत्या गरेका थिए।

    हत्या पछि फरार रहेका सियारामलाइ प्रहरीले तिवारीको हत्या भएको साढे तीन वर्ष पछि २०७० साल पुष १ गते चितवनको भण्डाराबाट पक्राउ गरेको थियो।

    जिल्ला अदालत पर्साले निर्दोष रहेको भन्दै सफाइ दिएपछि उनी पक्राउ परेको एक महिनापछि रिहा भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...