भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा ओर्ले पछि हेलिकप्टरले सुरक्षागस्ती भइरहेको छ । जानकी मन्दिर र बाह्रविघा वरपर नेपाली सेनाको हेलिकप्टरले सुरक्षा गस्ती गरिहेको छ ।
प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजा गरेर बाह्रविघा नागरिक अभिनन्दनका लागि जानेछन् ।बाह्र विघामा विहानै देखि स्थानीय जनता गएर बसिरहेका छन् ।
विहान ८ वजे देखि नै भित्र पसेका छन् । मोदी जनकपुरमा आइसकेपछि बाह्र बिघा मैदानमा अब आउ जाउ गर्न दिइने छैन ।
माओवादी केन्द्रका नेता एबम् मन्त्री मातृका यादवने, एमालेका नेता एबम् मन्त्री रघुवीर महासेठ, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, राजपा नेपालका नेता राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत १० वजे देखि नै मञ्चमा बसिरहेका छन् ।